उखु किसान खुशी

डिसी नेपाल
१५ जेठ २०७७ २२:१५

हेटौँडा । नेपाल सरकारले उखु उत्पादन किसानलाई अनुदान दिन रु ९५ करोड बजेट विनियोजना गरेकामा उखु किसानले खुशी व्यक्ति गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडाले आज २०७७/७८ का लागि प्रस्तुत गरेको बजेटमा उखु किसानलाई प्रोत्साहनका लागि विनियोजना गरेकामा तराईका पीडित किसान उत्साहित भएका छन् ।।

बाराका उखु किसान रामबालक यादवले नगदे बालिका रुपमा उखु विकासका लागि सरकारले ध्यान दिएकामा खुशी व्यक्त गर्दै कार्यान्यनमा जोड दिन आग्रह गरे । त्यस्तै सर्लाहीका किसान एवं प्राध्यापक विद्यानाथ झाले बेरोजगारी समस्या समाधान गर्न त्यसमा चिनीको समस्या समाधान गर्न उखुको खेती विकास आवश्यक रहेको बताए। उनले उखु मिलको क्षमता विस्तार तथा प्राविधिक युक्त खेती आवश्यक रहेको बताए ।

हेटौँडाका प्राध्यापक एवं समाजसेवी दामोदर गैरेले कृषि तथा उद्योगका विकासमा सरकारले आज दिएको वक्तव्य समग्रमा व्यवहारिक रहेकाले त्यसको कार्यान्वयन गनुपर्नेमा जोड दिए । नेपालमा ८१ हजार हेक्टर जमीनमा उखु खेती हुने गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *