जुन १७ देखी ईङलिस प्रिमियर लिग सुरु हुदै

डिसी नेपाल
१६ जेठ २०७७ १५:०३

काठमाडौं । ईङलिस प्रिमियर लिग जुन १७ देखी सुरुहुने भएको छ । गत मार्च ९ मा म्यान्चेस्टरले ऐस्टन भिल्लालाई ४–० पराजित गरेपछि ईपिएलका खेलहरु स्थगित गरीएको थियो । बिहीबार ब्रिट्रिस मिडयाले दिएको जानकारी अनुसार लिग ९० दिनपछि पुन सुचारु हुने भएको छ ।

बुधबार लिगका क्लबहरुको बैठक बसेको थियो । बैठकमा प्रशिक्षणको सम्बन्धमा सबैले सहमति जनाएका थिए । बुधबारको बैठकमा लिग पुन सुरुगर्ने र ब्रोडकास्टको बारेमा छलफल भएको थियो । रिर्पोटका अनुसार लिगको पहिलो दिन एस्टन भिल्ला र सेल्फिड युनाईटेड तथा मेन्चेस्टर सिटी र आर्सनल बिच खेल हुनेछ ।

अहिले सम्म लिगका खेलाडी तथा कर्मचारीहरुमा कोरोनाभाईरस संक्रमित संख्या १२ पुगेको छ । लिग स्थगित हुदा लिभरपुल २०१९ को च्याम्पियन म्यान्चेस्टर सिटी भन्दा २५ अंकले अगाडी रहेको छ । लिभरपुल करिब ३० बर्षपछि च्याम्पियन बन्ने दाउमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *