थप १७० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२१२

डिसी नेपाल
१६ जेठ २०७७ १६:३४

काठमाडौं । नेपालमा शुक्रबार थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन्।

संक्रमित हुनेमा झापाका २८, सप्तरी ४, बारा ४ र पर्साका १ जना रहेको छन्। यसैगरी पाटन अस्पतालमा रहेका १ जनासहित सर्लाहीमा थप ५ जनामा कोरोना पुष्टि भएको छ। यस्तै बाँकेमा १० जनामा थप संक्रमण देखिएको छ भने कपिलवस्तुमा ५१ जनामा कोरोना देखिएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वका २ जना तथा रौतहटका ५६ जनामा पनि कोरोना पुष्टि भएको छ। यस्तै रुपन्देहिमा १ जना दाङमा २ जना तथा म्याग्दिमा १ जनामा संक्रमण देखिएको छ।

ती मध्ये १६५ जना पुरुष र ५ जना महिला छन्। यो संगै संक्रमितको संख्या १२१२ पुगेको छ। यस्तै शुक्रबार थप १९ जना निको भएका छन्। निको हुनेको संख्या २०६ पुगेको छ भने ६ जनाको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *