वरिष्ठ गीतकार थापाको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
१६ जेठ २०७७ १७:३५

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधनप्रति शोक व्यक्त गरेका छन्।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनिप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । नेपालको साङ्गीतिक क्षेत्रका चर्चित वरिष्ठ गीतकार थापाको निधनको खबरले दुःखित बनाएको उल्लेख गर्दै सभापति देउवाले उनको निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको बताएका छन्। कालजयी र सदाबहार राष्ट्रभक्तिका गीत सिर्जना गरेर स्व थापाले नेपालको साङ्गीतिक क्षेत्रमा ठूलो योगदान पु¥याएक थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *