सबभन्दा बढी आचारसंहिता उल्लघङ्न गर्नेमा अनलाइन मिडिया

डिसी नेपाल
१६ जेठ २०७७ २०:२३

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको समयमा सञ्चारमाध्यमको विश्वसनीयतासम्बन्धी अध्ययन÷सर्भेक्षण प्रतिवेदन प्रेस काउन्सिल नेपाललाई हस्तान्तरण गरेको छ ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यले शुक्रबार यहाँ आयोजित कार्यक्रममा काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदनमा सबैभन्दा विश्वासिलो सञ्चारमाध्यम टेलिभिजनलाई लिएका छन् । सवेक्षणमा सहभागी ५० प्रतिशतले सबैभन्दा विश्वासिलो सञ्चारमाध्यमका रूपमा टेलिभिजनलाई लिने गरेकोे, त्यसैगरी दोस्रो र तेस्रोमा क्रमशः पत्रपत्रिका पढ्ने १८.२ प्रतिशत र रेडियो सुन्ने १७।६ प्रतिशत रहेका प्रतिवेदनमा उल्लेख छ ।

सहभागीको सामाजिक सञ्जालप्रतिको विश्वास र प्राथमिकता रोजाई ज्यादै न्यून १।१५ मात्र रहेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । सामाजिक संजालबाट विश्वसनिय सूचना प्रस्तुत हुन नसकेको र यी माध्यमको लोकप्रियता क्रमशः घट्दै गएको तथ्य नतिजाले देखाएको छ । त्यसैगरी अनलाइन सञ्चारमाध्यमप्रतिको विश्वास पनि १३ः१ प्रतिशत मात्र रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै ६२.५ प्रतिशत उत्तरदाताले सञ्चारमाध्यमले पालना गर्नुपर्ने पत्रकार आचारसंहिता सामान्य पालना भइरहेको, करिब १४.८ प्रतिशत उत्तरदाताको विचारमा आचारसंहिताको पूर्ण पालना भएको र १३.६ प्रतिशत उत्तरदाताले न्यूनरूपमा पालना भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आचारसंहिता उल्लङ्घनको तथ्याङ्कलाई हेर्दा करिब ९०.९ प्रतिशत सहभागीको बुझाइमा सबैभन्दा बढी पत्रकार आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यम अनलाइन मिडिया रहेको देखिएको छ । सर्भेक्षणमा समावेश गरिएका सञ्चारमाध्यममध्ये दोस्रो उल्लङ्घन गर्ने पत्रपत्रिका चार प्रतिशत र तेस्रो उल्लङ्घन गर्नेमा टेलिभिजन ३.४० प्रतिशत रहेको सर्भेक्षणबाट देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *