कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, संविधान संशोधनका विषयमा के निर्णय गर्ला?

डिसी नेपाल
१७ जेठ २०७७ ७:२८

काठमाडौं। सरकारले गत शुक्रबार संसद सचिवालयमा दर्ता गराएको संविधान संशोधन विधेयकका विषयमा छलफल गर्न प्रमुख प्रतिपक्ष नेपाली काग्रेसको कन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

भारतले अतिक्रमित गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक, र कालापनी समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि निसान छाप परिवर्तन गर्न भन्दै सरकारले गत शुक्रबार संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो।

त्यसको पाँच दिनपछि गत बुधबार संविधान संशोधन विधेयक संसदमा पेश गर्ने तयारी थियो। तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समय माग गरेका कारण संसदको कार्यसूचीमा चढेको संविधान संविधान संशोधन विधेयक अन्तिम समयमा कार्यसूचीबाट हटाइएको थियो।

सरकारले नयाँ नक्सा जारी गरेपछि निसान छापभित्र रहेको नेपालको नक्सा परिवर्तन गर्न सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको थियो। सविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक पर्छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समर्थन नगरेको अवस्थामा दुई तिहाइ बहुमत पुग्दैन। यही विषयमा छलफल गर्न मंगलबार प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा कांग्रेसले आफूहरु संविधान संशोधनको पक्षमा रहेको तर यो विषय केन्द्रीय समितिबाट अनुमोदन गर्न समय माग गरेको थियो।

साेही विषयमा छलफल गर्न कांग्रेसले  कोरोना महामारी र लकडाउनकाबीच पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्न लागेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सूचना पठाइएको छ।

अर्को प्रतिपक्ष दल राजपाले संविधान सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्न नसकिने जनाइसकेको छ। राजपाले शुक्रबार आफूहरुको माग सम्वोधन गर्न भन्दै संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गर्न खोजेको थियो।

तर राजपाको प्रस्ताव संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको छ। त्यसपछि आक्रोशित बनेका राजपा नेता महन्थ ठाकुरले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको पक्षमा मदतान गर्न नसकिने संकेत गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *