विश्वकै धेरै कमाउने खेलाडी बने रोजर फेडरर

डिसी नेपाल
१७ जेठ २०७७ ११:२१

काठमाडौं । स्विस टेनिस स्टार रोजर फेडरर विश्वकै धेरै कमाइ हुने खेलाडी बनेका छन् । फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वभरका खेलाडीहरुको वार्षिक आम्दानीको सूचीमा फेडरर शिर्ष स्थानमा पर्न सफल भएका हुन् । कमाइको हिसावले गत बर्षको तुलनामा ३८ स्थान माथि उक्लिएका फेडररले गत बर्ष १० करोड ६४ लाख अमेरिकी डलर कमाइ गरेका छन् ।

फेडररको यो कमाइले उनलाई अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई पनि उछिनेको छ । कमाइको हिसावले फुटबल खेलाडी क्रिश्चियानो रोनाल्डो दोस्रो स्थानमा छन् भने मेस्सी तेस्रो स्थानमा झरेका छन् । चौथो स्थानमा ब्राजिलियन फुटबलर नेयमार परेका छन् भने पाचौं स्थानमा अमेरिकी बास्केटबल खेलाडी लेबोर्न जेम्स छन् ।

यसअघी फोर्ब्सले नै सार्वजनिक गरेकफ महिला खेलाडीहरुको सूचीमा पनि जापानीटेनिस खेलाडी नाओमी ओसाका शिर्ष स्थानमा पर्न सफल भएकी थिइन् ।।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *