महिला मृत फेला, हत्याको आशङ्कामा तीन नियन्त्रणमा

सांकेतीक तस्वीर


कैलाली । धनगढी उपमहनगरपालिका–३ स्थित विशालनगरमा एक विवाहित महिला आज मृत अवस्थामा फेला परेकी छन् ।

विशालनगरस्थित आफ्नो घरको भान्साकोठामा २३ वर्षीया जयन्ती जोशी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

घटनाको अनुसन्धानका लागि महिलाका श्रीमान्, सासू र नन्दलाई नियन्त्रणमा लिइ सोधपुछ भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको बताइएको छ ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो