वेस्टईन्डिज क्रिकेट बोर्डले अस्थायी रूपमा खेलाडी र स्टाफको तलब घटायो

डिसी नेपाल
१७ जेठ २०७७ २१:४५

काठमाडौं । कोरोनाभाइरसका कारण, वेस्टईन्डिज क्रिकेट बोर्डले अस्थायी रूपमा खेलाडी तथा स्टाफहरुको तलब पचास प्रतिशत घटाएको छ। यो निर्णय जुलाई देखि लागु हुनेछ। यस बाहेक बोर्डले घरेलु क्रिकेटलाई दिने रकम पनि घटाएको छ। यो निर्देशन बोर्ड बैठक द्वारा अनुमोदित गरिएको हो। खेलाडीहरूको तलब कटौती वित्तीय रणनीति सल्लाहकार समितिको सिफारिशमा गरिएको हो ।

क्रिकेट वेस्टईन्डिजले एक विज्ञप्ति जारी गर्दे भन्यो, “हाल कोरोनाभाईरसको कारण अन्तर्राष्ट्रिय क्रिकेट विश्वमा कतै पनि खेलिएको छैन। खेल कहिले सुरु हुन्छ भनेर अझै स्पष्ट छैन। अन्य खेल संघहरू जस्तै हाम्रो आम्दानीमा पनि कमी आएको छ र यसले आउने महिनाहरूमा हामीलाई बोर्ड संचालनमा प्रभाव पार्छ। यस कारणका निर्देशक बोर्डले तलब कटौती गर्ने निर्णय गरेको छ।”

यसले वेस्टईन्डिज क्रिकेटको भविष्य बचाउन तथा धेरै व्यक्तिको रोजगारी बचाउन सहयोग पुर्‍याउँछ। बोर्डका अध्यक्ष रिकी स्कर्टले भने, “वेस्टईन्डिजका प्रत्येक नागरिक महामारीबाट त्रसित छन्। खेलाडी र स्टाफको तलब कटौती गर्ने निर्णय मेरो लागि सजिलो थिएन। किनकि यसले आईल्यान्डका सम्पूर्ण क्रिकेट समुदायलाई असर गर्दछ। हामी आशा गर्दछौं कि यो निर्णय अस्थायी हुनेछ र मानिसहरूले ३ देखि ६ महिना मात्र कष्ट भोग्नुपर्नेछ।”

बोर्डले क्षेत्रीय क्रिकेट बोर्ड, फ्रेन्चाईज र वेस्टइन्डिज प्लेयर एसोसिएसनका अतिरिक्त निर्देशक र कार्यकारी व्यवस्थापनसँग सम्बन्धित कर्मचारीहरूलाई भत्तामा पनि ५० प्रतिशतले कटौती गरिएको छ।

वेस्टईन्डिजले जुनको सुरुवातमै इईङल्यान्ड भ्रमण गर्ने तालिका थियो। तर अब कोरोनाका कारण यो श्रृंखला जुलाईमा हुनेछ। दक्षिण अफ्रिकाले पनि जुलाई–अगस्टमा वेस्टइन्डिजको भ्रमण गर्ने तालिका थियो। भ्रमणमा दुबै टोलीबिच पाँच टि २० र २ टेस्ट श्रखलाहरू खेलिने तय भएको थियो। तर अहिलेको अवस्थामा यो असम्भव जस्तै देखिएको छ ।  न्युजील्याण्डले पनि जुलाईमा तिन एकयिदवसीय र तिन टि २० वेस्टइन्डिजमा खेल्ने तय भएको थियो। वेस्टइन्डिजको तालिका परिवर्तनका कारण भ्रमण अब सम्भव छैन।

यसअघि अष्ट्रेलिया र अफगानिस्तान क्रिकेट बोर्डले पनि कर्मचारीको तलब कटौती गर्ने निर्णय गरेको छ। अष्ट्रेलिया क्रिकेट बोर्डले ३० जुन सम्म ८० प्रतिशत कार्मचारीहरुलाई २० प्रतिशत तलब प्रदान गर्ने निर्णय गरेको छ। यो अवस्था अगस्टमा सम्म पनि रहन सक्ने सम्भावना छ । अफगानिस्तान क्रिकेट बोर्डले पनि कोचिङ स्टाफको तलब २५ प्रतिशत घटाउने निर्णय गरेको छ। तत्काल अनुबन्धनमा रहेका खेलाडीहरूलाई ३ महिनाको तलब दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *