ईङल्यान्डमा क्रिकेट सीजन सुरु हुने अपेक्षा, कप्तान मोर्गन सहित ५५ खेलाडीहरूलाई आउटडोर अभ्यासको लागि स्वीकृति

डिसी नेपाल
१७ जेठ २०७७ २३:५८

काठमाडौं । ईङल्यान्डमा क्रिकेट सीजन सुरु हुने अपेक्षा गरिएको छ। इङल्यान्ड र वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले ५५ खेलाडीहरूलाई आउटडोर अभ्यासका लागि अनुमोदन गरेको छ, जसमा विश्वकपका विजेता कप्तान इयोन मोर्गन पनि रहेका छन्। ईसीबीले गत हप्ता १८ बलरहरूलाई व्यक्तिगत प्रशिक्षणका लागि अनुमति दिएको थियो ।

टेस्ट क्रिकेटलाई ध्यानमा राख्दै थप ३७ खेलाडीहरू यस सूचीमा थपिएका छन्। यसपछि नेटमा अभ्यास गर्ने कुल ५५ खेलाडीहरू भएका छन । खेलाडीहरुमा तिव्र गतिका बलर जोफ्रा आर्चर र जेम्स एन्डरसन पनि छन्। तर एलेक्स हेल्स, लियाम प्लन्केट र जो क्लार्कले यो सूचीमा स्थान बनाउन पाएनन्।

ईसीबीले यो कुराको पुष्टि गर्दे खेलाडीहरूलाई अभ्यास सुरू गर्न भनेको छ। ब्रिटिस सरकारको स्वीकृति पछि पुरुष टोलिले बिना दर्शक खेल्ने अपेक्षा गरिएको छ।बोर्डले खेलाडीहरुलाई सुरक्षित वातावरणमा अभ्यास गराउन काउन्टि टोलीसँग मिलेर काम गरिरहेको बताएको छ ।

अभ्यास गर्ने खेलाडीहरूको सूचीमा मोइन अली, जोनी बेयरस्टो, स्टुअर्ट ब्राड, जोस बटलर, आदिल रशीद, टम करन, डेभिड विले र साम बिल्सिको नाम रहेको छ। खेलाडीहरुलाई फरम्याटको आधारमा सही समयमा चयन गर्ने ईसीबीले जनाएको छ ।

ईसीबीका मो बोबटले भने, “हामी यस सीजनमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हाम्रो लक्ष्यको नजिक पुगेका छौं। खेलाडीहरूको चयन कडाईका साथ हुनेछ । अहिलेको लागि हामीले चिकित्सा टोली र सरकारसँग मिलेर काम गर्नुपर्नेछ। हामी यो सुनिश्चित गर्न सक्दछौं कि खेलाडीहरूको प्रशिक्षण र खेल गतिविधिहरू सही दिशानिर्देशन अनुसार छन्।”

ईसीबीले बिहीबार घरेलु क्रिकेट सीजन अर्को महिनाको लागि स्थगित गर्ने निर्णय गरेको छ। अब ईङल्यान्डमा घरेलु क्रिकेट सत्र १ अगस्त देखि सुरु हुनेछ। यसअघि क्रिकेटका सबै प्रकारका गतिबिधिहरु १ जुलाई सम्म लागि प्रतिबन्ध लगाईएको थियो ।

तर घरेलु सिजनलाई अगाडि बढाउदा अन्तर्राष्ट्रिय शृंखलालाई प्रभाव पार्ने छैन। जुलाईमा ईङल्यान्डले वेस्टईन्डिज बिरूद्ध घरेलु टेस्ट सीरीज खेल्ने छ।  त्यसपछि ईङल्यान्डले घरेलु मैदानमै पाकिस्तान संग सीरीज खेल्नेछ। यि दुवै सीरीजलाई सुरक्षित अवस्थामा सफल बनाउने तयारी भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *