माइक्रोसफ्टको समाचार साइटमा अब रोबोट पत्रकार !

डिसी नेपाल
१८ जेठ २०७७ ८:५४

काठमाडौं। प्रविधि कम्पनी माइक्रोसफ्टले संचालन गरिरहेको समाचार साइट एमएसएनमा अब मानव पत्रकार हटाएर स्वचालित रोबोट पत्रकार भर्ना गर्ने भएको छ । अहिले करारमा रहेका पत्रकारहरुलाई हटाउन लागिएको हो । अब माइक्रोसफ्टले समाचार छनोट तथा प्रकाशनको लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न लागेको हो ।

यसअघि बीबीसीले पनि बेलायतको निर्वाचनको परिणामको समाचार प्रकाशन गर्नको लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेको थियो । बीबीसीले निर्वाचन परिणामसम्बनधी समाचारको लागि मात्र आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेको थियो र यो परक्षिण मात्र थियो । तर, अहिले माइक्रोसफ्टले भने सबै किसिमका समाचारको लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्न लागेको हो ।

माइक्रोसफ्टले अन्य सबै कम्पनीहरुजस्तै आफूले पनि नियमित रुपमा आफ्नो व्यवसायको मूल्यांकन गर्ने र यसबाट कतिपय क्षेत्रमा लगानीमा वृद्धि गर्न तथा कर्मचारीहरुको पुनः खटनपटनमा सहयोग गर्ने जनाएको छ । अहिले माइक्रोसफटले विभिन्न समाचार एजेन्सीहरुबाट रकम तिरेर लिइने समाचारहरु प्रकाशित गर्छ । यी समाचार छनोट गर्नको लागि करारमा पत्रकार भर्ना गर्ने गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *