कोरोनाको भ्याक्सिन विकासमा चीन पहिलो हुने, यसै वर्ष भ्याक्सिन बजारमा आउने
काठमाडौं। कोरोनाभाइरस रोकथामको लागि विश्वव्यापी रुपमा चलिरहेको भाइरस विकासको दौडमा चीनले बाजी मार्ने देखिएको छ । चिनियाँ अनुसन्धानकताृहरुले यसै वर्षको अन्त्यसम्म भ्याक्सिन विश्व बजारमा ल्याउने दावी गरेका छन् । फोर्ब्सको रिपोर्टअनुसार चीनका सरकार नियन्त्रित दुई कम्पनीले भ्याक्सिन परीक्षण गरिरहेका छन् ।
चीनको वुहानस्थित इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सले उत्पादन गरेको भ्याक्सिन दुई हजार जनामा परीक्षण गरिसकिएको छ। चीनको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले शनिबार सामाजिक सञ्जाल विच्याटमा राखेको सन्देशमा यही वर्षका अन्त्यमा वा सन् २०२१ को सुरुमा भ्याक्सिन बजार पठाउन सकिने जनाएको छ।
त्यस्तै बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सले पनि भ्याक्सिन बनाइरहेको छ । उक्त संस्थाको भ्याक्सिन परीक्षण पनि दोस्रो चरणमा पुगेको रोयटर्सले जनाएको छ। दुवै संस्थाको भ्याक्सिन विकास र परीक्षणलाई एसएएसएसीले अनुगमन गरिरहेको छ।
उता रुसमा पनि भ्याक्सिनको क्लिनिकल परीक्षण हुने भएको छ। त्यहाँका स्वास्थ्य मन्त्री मिखाइल मुरास्कोले अबको दुई हप्ताभित्र भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु हुने बताएका छन्। रुस कोरोनाभाइरसबाट सर्वाधिक संक्रमितको तेस्रो स्थानमा छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment