सांसद विशुन्केको पहलमा दैलेख पठाइयो स्वास्थ्य सामग्री

डिसी नेपाल
१८ जेठ २०७७ २१:३१

काठमाडौं । प्रतिनिधिसभा सांसद पार्वती कुमारी विशुन्केको पहलमा दैलेख स्वास्थ्य सामग्री पठाइएको छ। कोरोनाका संक्रमित दिन प्रतिदिन बढ्न थालेपछि रोकथाम तथा नियन्त्रणका लागि दैलेखलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको विशुन्केले बताइन्।

कर्णालीमा पहँुचमा भएकाले आफ्ना जिल्लाहरुमा मात्र स्वास्थ्य सामग्री पठाएको जनगुनासो आएकाले दैलेखको लागि पहल गरेको उनले बताइन्। कर्णाली सरकारका मन्त्रीहरुले आफ्नो अनुकुलका जिल्लाहरुमा मात्र कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री उपलब्ध गराएको व्यापक जनगुनासो छ।

सांसद विशुन्केको पहलमा पिपीइ सेट २५ थान, सेनीटाइजर ३०० मिली २० थान, सर्जिकल माक्स ४०० पिस, आइआर थर्ममिटर ३ थान, र एन ९५ माक्स १ सय थान उपलब्ध गराइएको छ। यस्तै, हेभि पञ्जा २५ जोर, पञ्जा २०० जोर र गनबुट २० जोर पठाइएको सांसद विशुन्केले जानकारी दिइन्।

यसअघि, शनिबार मात्र दैलेखबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको संयुक्त पहलमा ४ हजार २ सय पिसीआर किट पठाइसकिएको छ। सुर्खेतबाट जाने सामग्री दैलेखलाई पक्षपात तरिकाले उपलब्ध भएपछि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको पहलमा पठाइएको स्रोतले जानकारी दियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *