आज ‘दरवार हत्याकाण्ड’ को १९ वर्ष पूरा

डिसी नेपाल
१९ जेठ २०७७ ६:४१

काठमाडौँ । पूर्व राजा वीरेन्द्र शाहसहित दश जनाको ज्यान जानेगरी रहस्यमयी दरबार हत्याकाण्ड भएको आज १९ वर्ष पुगेको छ ।

वि.स. २०५८ जेठ १९ गते (आजकै दिन) तत्कालीन राजा वीरेन्द्र शाहको वंशनास हुने गरी भएको अकल्पनीय ‘दरवार हत्याकाण्ड’ अझैपनि रहस्यमयनै छ।

उकत दरबार हत्याकाण्डमा राजा वीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भएको थियो जसलाई ‘दरबार हत्याकाण्ड’का नामले चिनिन्छ।

नेपालको इतिहासकै सबैभन्दा अकल्पनीय र रहस्यमय घटनाको रुपमा लिइएको यस हत्याकाण्डमा तत्कालीन राजा वीरेद्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो।

हत्याकाण्डबारे तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाटसहितको छानविन समिति बनाएको थियो । उक्त समितिले यूवराज दीपेन्द्र शाहले आफ्नै परिवार माथि ‘भुटुटु’ गोलि चलाएको र आफुले पनि गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *