कुवेतमा कोरोनाभाइरसको उपचार गराइरहेका नेपालीले अस्पतालमै आत्महत्या गरे

डिसी नेपाल
१९ जेठ २०७७ १५:२२

कुवेत। कुवेतको पश्चिम मिशरेफमा एक नेपालीले आत्महत्या गरेका छन् । ती नेपालीले अस्पताल परिसरमै आत्महत्या गरेको अरब टाइम्सले जनाएको छ । ती नेपाली कोरोनाभाइरस संक्रमित थिए र अस्पतालमा उपचार गराइरहेका थिए ।

ती नेपालीको विस्तृत परिचय खुलाइएको छैन । शवलाई थप अनुसन्धानको लागि राखिएको छ र फरेन्सिक विशेषज्ञले थप जाँच गरिरहेका छन् । कुवेतस्थित नेपाली दूतावासले भने अहिलेसम्म यसबारेमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *