काेरोना रोकथामका लागि एडीबीसँग ३० अर्ब ऋण

डिसी नेपाल
१९ जेठ २०७७ १७:१०

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले एसियाली विकास बैंक (एडीबी) सँग २५० मिलियन अमेरीकी डलर (करिब ३० अर्ब नेपाली रुपैयाँ) सहूलियत ऋण लिने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा सोमबार अर्थमन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका नेपाल निर्देशक मुख्तोर खामुदख्नोभले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सरकारले उक्त ऋण कोरोना परीक्षणका प्रयोगशाला, क्वारेन्टाइन व्यवस्थापन र उपचारका साथै स्वास्थ्य पूर्वाधार विकासका लागि खर्च गर्नेछ ।

सम्झौतापछि एडीबीका नेपाल निर्देशक खामुदाख्नोभले महामारी रोकथाममा नेपाल सरकारले अघि सारेका योजनामा सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *