‘हिन्दुस्तानी भाउ’द्वारा एकता कपुरविरुद्ध मुद्दा दायर

डिसी नेपाल
१९ जेठ २०७७ १७:४३

मुम्बई । बिग बोस १३ का सहभागी ‘हिन्दुस्तानी भाउ’ अर्थात विकास पाठकले टीभी क्वीन एकता कपुर तथा उनकी आमाविरुद्ध मुद्दा दायर गरेका छन्। उनले आफ्नो इन्स्टाग्राममा एक भिडियो पाष्ट गर्दै उनीहरुविरुद्ध मुद्दा दायर गरेको बताएका छन्।

विकासले भारतीय सेनाको अपमान गरेको कारण मुद्धा दायर गरेको बताएका छन्। उनले एकता कपुरविरुद्ध आर्मी जवानलाई अपमान गरेको आरोप लगाएका छन्। एकता कपुरले आफ्नो एक वेब सिरिजमा आर्मी जवानको कहानी देखाएकी छन् । उक्त सिरिजान आर्मी ड्यूटीमा हुँदा उनकी पत्नीको अर्को व्यक्तिसंग अफेयर चलेको देखाइएको छ।

सोही कारण आर्मी जवानको अपमान गरेको भन्दै उनले एकताविरुद्ध मुद्दा दायर गरेको बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *