बाँके दुर्घटनामा मृत्यु हुने ११ जनाको सनाखत

डिसी नेपाल
१९ जेठ २०७७ १९:२१

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा आइतबार राति भएको दुर्घटनाका मृतकको सनाखत भएको छ ।

दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ । एक जनाको सनाखत हुन बाँकी छ । नाम खुले पनि ठेगाना पहिचान नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हृदय सापकोटाले जानकारी दिए ।

उनका अनुसार पहिचान भएकामा बुद्धिराम विक, भीमबहादुर विक, दिलबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामबहादुर पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्काको पहिचान भएको छ ।

दुर्घटनामा घाइते २१ जनामध्ये चार जनाको अवस्था गम्भीर छ । उनीहरुको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । दुर्घटनामा परेकाहरु सबै भारतबाट आएका हुन् । घाइते हुनेमा अधिकांश सल्यानका छन् ।

सबै भारतबाट आएकाले कोरोना परीक्षण गरिएकामा सबैको नेगेटिभ रिपोर्ट आएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *