इराकमा ज्यान गुमाएका पौडेलको उतै दाहसंस्कार

डिसी नेपाल
२० जेठ २०७७ १२:२०

काठमाडौँ । इराकमा ज्यान गुमाएका एक नेपालीको परिवारको मञ्जुरीमा इराकमै दाहसंस्कार गरिएको छ ।

वैदेशिक रोजगारीका सिलसिलामा बिगत तीन वर्षदेखि इराकमा रहेका हुमनाथ पौडेलको परिवारको मञ्जुरी पत्रसँगै इराकमै दाहसंस्कार गरिएको त्याहाँ रहेका नेपालीहरुले जनाएका छन् ।

इराकको कुर्दिस्तान प्रान्तको एर्बिलमा एमएक्स केयर लाइन अफ्शहोर एर्बिल इन्टरनेशनल एयरपोर्ट साउथ विङ्ग्समा काम गर्दै आएका उनको गत अप्रिल २३ तारिखका दिन मृत्यु भएको थियो ।

उनी लामो समयदेखि बिरामी भई एर्बिल टिचिङ अस्पताल भर्ना भएका थिए । सोही अस्पतालमै उपचारका क्रममा पौडेलको ज्यान गएको हो।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको समस्याले गर्दा बाह्य उडान बन्द भएकाले शव नेपाल ल्याउन अवस्थामा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् इराक र नेपाली राजदुतावास कुवेतको सहकार्यमा इराकको कुर्दिस्तानमा नै अन्तिम संस्कार गर्ने वातावरण मिलाइएको हो

मृतक हुम नाथ पौडेलकी धर्मपत्नी पार्वती पौडेल र परिवारको स्वीकृति पत्रमा हस्ताक्षर माग गरि संवन्धित मृतक कार्यरत कम्पनी मार्फत निवेदन गरि राजदुतवासमा पठाइएको थियो ।

राजदुतावास र मृतक पौडेलको परिवारको स्वीकृति पश्चात पौडेलको शव जुन १ तारिखका दिन कुर्दिस्तानमा नै अन्तिम संस्कार गरिएको छ।

उक्त अन्त्यष्टीमा एनआरएनए एनसीस्ी इराक का सल्लाहकार कमल गुरुङ र एमएक्स केयर लाइन अफ्शहोर एर्बिल इन्टरनेसनल एयरपोर्ट साउथ विङ्ग्समा कार्यरत नेपालीहरुको उपस्थिती रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *