लकडाउनमै कर तिर्न राजश्व विभागको ताकेता, व्यवसायीको विरोध

डिसी नेपाल
२० जेठ २०७७ १७:१७

काठमाडौं । कोरोना संक्रमण रोक्न सरकारले लकडाउन जारी राखेकै बेला आन्तरिक राजस्व विभागले भने कर तिर्नका लागि उद्योगी व्यवसायीलाई तोकता गरेको छ ।

विभागले मंगलबार जेठ २५ गतेभित्र चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न सूचना जारी गरेको छ । कर तिर्न बढाइएको समयसीमा भित्र कर विवरण र कर नबुझाएमा ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको छ ।

मन्त्रीपरिषद्को बैठकले वैशाख १४ गते कर तिर्ने समय एक महिना थप्ने निर्णय गरेको थियो । तर, लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याएपछि कर तिर्ने समयसिमाको विषयमा कुनै निर्णय गरेको छैन।

लकडाउनका कारण उद्योग व्यवसाय बन्द रहेकै बेला राजस्व विभागले कर तिर्न सूचना जारी गरेपछि व्यवसायीहरूले असन्तुष्टी जनाएका छन ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले व्यवसाय संचालन नभएसम्म कर तिर्न नसकिने बताए । ‘व्यवसाय चलपछि कर त उठिहाल्छ’ उनले भने, ‘बजेटमार्फत राहत दिन नसके पनि थप आहत नगरियोस् ।’

लकडाउनसँगै अत्यावश्यक बाहेकका उद्योग बन्द छन् । सरकारले ४४ प्रकारका उद्योग संचालन गर्ने बताएपछि प्रभावकारी हुन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *