कर तिर्ने म्याद थप्न उद्योग बाणिज्य महासंघको आग्रह

डिसी नेपाल
२० जेठ २०७७ १८:१२

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले कर तिर्ने समय थप्न सरकारलाई आग्रह गरेको छ ।

लकडाउनका कारण उद्योग अत्यावश्यक बाहेकका सबै उद्योग व्यवसाय बन्द रहेकाले कर तिर्न नसकिने भन्दै समय थप गर्न अनुरोध गरेको हो ।

लकडाउन जारी रहेकै बेला आन्तरिक राजस्व विभागले मंगलबार सार्वजनिक सूचनामार्फत व्यवसायीहरुलाई कर तिर्नका लागि तोकता गरेको छ । विभागले जेठ २५ गतेभित्र कर विवरण र कर नबुझाएमा ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको हो ।

राजश्व विभागको सूचना जारी भएसँगै व्यवसायीहरु आतंकित भएका छन् ।

एफएनसीसीआईले राजश्व सचिवलाई पत्राचार गरी आयकर, मूल्यअभिवृद्धिकर, अन्तशुल्क विवरण र कर रकम बुझाउन समय असार मसान्तसम्म पुर्याउन माग गरेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *