वडाध्यक्षसहित ५ जनामा कोरोना पुष्टि भएसँगै पूरै वडा सिल

डिसी नेपाल
२१ जेठ २०७७ ७:४५

दाङ । दाङको बंगलाचुली गाँउपालिका–५ का वडाध्यक्षसहित पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। वडाध्यक्षलाई नै कोरोना संक्रमण देखिएपछि उक्त वडा पूरै सिल गरिएको छ ।

वडामा सङ्क्रमणको उच्च जोखिम भएकाले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्मकालागि वडा सिल गरिएको पालिकाले जानकारी दिएको छ।

मंगलबार बंगलाचुली गाँउपालिकाका–५ का अध्यक्षसहित ५ जनामा कोरोना पोजेटिभ देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *