संघीयता खारेजको माग गर्दै संविधान संशोधन प्रस्ताव दर्ता

डिसी नेपाल
२१ जेठ २०७७ १८:५९
4
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभा सचिवालयका दर्ता गरेको छ । संघीयता खारेज गर्दै आएको जनमोर्चाले संविधान संशोधन प्रस्ताव नै गरेको छ ।

‘हामीले संघीयताको खारेजीको लागि संविधान संशोधन माग संसदमा पेश गरेका छौं।’ डिसी नेपालसँग कुरा गर्दै जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलले भनिन्, ‘संघीयता खारेज गरेर प्रदेश सरकार संचालन तथा संघीयताको नाममा जति पनि खर्च हुन्छ सबै कटौति गरेर कोरोना नियन्त्रणमा लगाउनु पर्छ भन्ने हाम्रो माग हो।’

‘नेपालले संघीयत थेक्न सक्दैन भन्ने हाम्रो पार्टीको माग हो।’ उनले भनिन्, ‘हामीले संघीयताको प्रस्ताव आएकै बेला भनेको कुरा अहिले सबैको सामु छ।’ संविधानमा भएका संघीयता सम्बन्धी हरेक धारा, उपधारा र बुँदाहरुलाई खारेज गर्नु पर्छ भन्ने हाम्रो माग हो।’

स्थानीय सरकारलाई स्वायत्त अधिकार दिने र प्रादेशिक संरचना खारेज गर्ने नै आफ्नो मुख्य प्रस्ताव रहेको पौडेलले बताइन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सालाई संवैधानिक मान्यता दिन सरकारले निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक ल्याएपछि अन्य दलहरुले आफ्ना माग समेटेर संविधान संशोधन विधेयक दर्ता गरेका छन् ।

‘यसअघि, राजपा नेपाल र समाजवादी पार्टीले संयुक्त रुपमा संशोधन विधेयक दर्ता गरेका छन् । कांग्रेसका ८ जना सांसदले पनि संशोधन विधेयक दर्ता गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *