ग्लोबल बैंकबाट प्रदेश सरकारलाई रु २५ लाख हस्तान्तरण

डिसी नेपाल
२२ जेठ २०७७ ६:३३

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा आज प्रदेश नं ५ सरकारलाई रु २५ लाख सहयोग गरेको छ।

बैंकको प्रदेश नं ५ को कार्यालयले उक्त रकम सहयोग गरेको हो।

बैंकको प्रदेश नं ५ का नायब प्रदेश प्रमुख दिलीप डाँगीले प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री पोखरेलले सामाजिक क्षेत्रमा बैंकको सहयोगको निरन्तरताको अपेक्षा गरे ।

बैंकका भैरहवा शाखा प्रमुख प्रेमसागर अग्रहरीले बैंकको योगदानबाट भाइरसविरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास व्यक्त गरे।

आफ्नो स्थापनाकालदेखि विपत्तिका अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यमा सहयोग गर्दै आएको र आगामी दिनमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जाने बैंकको प्रदेश कार्यालयले जनाएको छ।

कोभिड –१९ विरुद्धको अभियानमा प्रदेश नं ५ सरकारलाई २५ लाख सहयोग गरेको बैंकले रु एक करोड १५ लाख केन्द्र सरकारलाई यसअघि नै हस्तान्तरण गरिसकेको छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *