इण्डो प्यासिफिक सैनिक सम्मेलनमा नेपाली सेनाका रथीको सहभागिता

डिसी नेपाल
२२ जेठ २०७७ १०:३९

काठमाडौं । नेपाली सेना विश्वका २३ वटा देशका सेना सम्मिलित एउटा अन्तर्राष्ट्रिय सैनिक सम्मेलनमा सहभागी भएको समाचार प्राप्त भएको छ। अमेरिकी सेनाको प्यासिफिक कमाण्डले आयोजना गरेको सो सम्मेलनमा नेपाली सेनाका तर्फबाट रथी प्रभुराम शर्माले सहभागिता जनाएका थिए।

ढिलोगरी प्राप्त समाचारअनुसार, १५ दिनजति अघि अर्थात् मे को १९ र २० तारिकमा सम्पन्न सो उच्च पदस्थ सैनिकहरुको सम्मेलनमा भारतका तर्फबाट पनि लेफ्निेण्ट जनरल ए अरुणको सहभागिता रहेको थियो ।

अमेरिका, नेपाल र भारतवाहेक सो सम्मेलनमा अष्ट्रेलिया, बंगलादेश, क्याम्बोडिया, क्यानडा, फिजी, इन्डोनेसिया, जापान, लाओस, मलेसिया, मंगोलिया, न्यु क्यालिडोनिया, न्यूजिल्याण्ड, पपुवा न्युगिनिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, थाइल्याण्ड, तिमोर लेस्ते, टोंगा र बेलायतको सहभागिता थियो।

उच्च सैनिक सम्मेलनमा अमेरिकी सेनाको प्यासिफिक कमाण्डका कमाण्डर जनरल पल जे लेक्यामेराले अमेरिकी सरकारको खुला र स्वतन्त्र इण्डोप्यासिफिक रणनीतिले यो क्षेत्रका सबैको हित हुने धारणा राखेका थिए।

अमेरिकी सेनाका चीफ अफ जनरल स्टाफ जनरल जेम्स सी म्याककनमिलले पनि सम्वाेधन गरेको सो सम्मेलनमा इण्डो प्यासिफिक क्षेत्रको क्षेत्रीय सुरक्षा चासोको प्रतिप्पर्धासँगै सन्तुलन, आगामी दशकका लागि स्वतन्त्र र खुला इण्डो प्यासिफिक, कोरियाली प्रायाद्वीपमा कोभिड १९ को रेस्पोन्स र आठौं अमेरिकी फौजको राम्रा अभ्यासहरुबारे छलफल भएको थियो।

अमेरिकी सेनाका प्यासिफिक कमाण्डर पलले इण्डो प्यासिफिक अवधारणा यो क्षेत्रका सबैको सर्वभौमसत्ताको सम्मान, उन्नति र सुरक्षालाई मजबुत बनाउने अवधारणा रहेको बताएका थिए।

इण्डो प्यासिफिक डिफेन्स फोरममा प्रकाशित समाचारअनुसार, यो सम्मेलन प्रविधिका माध्यमबाट भिडियो कन्फरेन्समार्फत गरिएको र यसले माहामारीपछि इण्डो प्यासिफिक पार्टनरसिप अझ संमृद्ध हुने कुरामा सबैको सहमती भएको उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *