वर्षा राउत फेरि विवादमा !

डिसी नेपाल
२२ जेठ २०७७ १३:०६

काठमाडौं। अभिनेत्री वर्षा राउन फेरि विवादमा परेकी छिन् । केही समयअघि नेपाल भारत सीमा विवादका विषयमा गरेको टिप्पणीका कारण विवादमा आएकी वर्षाले केही समयपछि माफी माग्दै ‘आइन्दा बोल्दा ख्याल गर्ने’ भनेकी थिइन् । यससँगै उनको यो विवाद साम्य हुँदै गएको थियो । तर, पछिल्लो समय फेरि यो विवाद बल्झिएको बताइएको छ ।

नेपाली वेब सिरिज बनाउँदै आएको कलेजेज नेपालले पछिल्लो पटक वर्षाको विवादका विषयमा आधारित रहेर व्यङ्ग्यात्मक भिडियो बनाएको थियो । तर, यो छोटो फिल्म अपलोड भएको केही समयमै हटाइयो । ‘आजकलको लभ’को एपिसोड १२७ वर्षाको विवादका विषयमा बनाइएकोमा वर्षाका श्रीमान सन्जोग कोइरालाले निरन्तर दबाब दिएपछि यो भिडियो हटाइएको बताइएको छ ।

कलेजेज नेपाल स्रोतले सन्जोगले दबाब दिएको बताए पनि यो कुराको पुष्टि भइसकेको छैन । यस विषयमा सन्जोग र वर्षाको तर्फबाट कुनै औपचारिक प्रतिक्रिया आएको पनि छैन । यस विषयमा पुष्टि गर्नको लागि वर्षासँग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क गर्न सकिएन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *