लकडाउन खुकुलो पार्न उपत्यकाका सिडियोहरु सहमत

डिसी नेपाल
२२ जेठ २०७७ १४:३९

काठमाडौं। उपत्यकामा लकडाउनलाई खुकुलो बनाउन जिल्लाका सिडियोहरु एक मत भएका छन्। सार्वजनिक यातायात, हवाई सेवा, शैक्षिक संस्था, सिनेमा हल, सभासम्मेलन तथा भेला हुन भने नपाइने गरी लकडाउन खुकुलो बनाउन काठमाडौं, भक्तपुर र ललितपुरका सिडियोहरु सहमत भएका हुन्।

व्यापारीहरुले लकडाउनको उल्लंघन गर्न थालेपछि तीन जिल्लाका सिडियोहरुको आकस्मिक बैठकले लकडाउन खुकुलो पार्न गृहमन्त्रालयलाई आग्रह गरेका हुन्।

उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रमुखहरुको संयुक्त बैठकले राजधानीमा लकडाउन खुकुलो बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेका क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) र उच्चस्तरीय समितिमा सिफारिस गरेका हुन्।

विद्यालयरविश्वविद्यालय, सिनेमा हल, पार्टी प्यालेस, हवाई सेवा, सभारसम्मेलनजस्ता क्षेत्रलाई पूर्ण रुपमा नियन्त्रण गरी अन्यलाई स्वास्थ्य सावधानी अपनाएर सञ्चालन गर्नु दिनु पर्ने निर्णय भएको छ।

तीनवटै जिल्ला प्रशासन, सुरक्षा अधिकारी, स्थानीय तहका प्रतिनिधिसहितको बैठकले गरेको निर्णय सीसीएमसी र उच्चस्तरीय समितिमा पठाउन काठमाडौं प्रशासनलाई जिम्मा दिइएको छ।

चैत ११ गतेदेखि लगाइएको लकडाउनका कारण अत्यावश्यक सेवा बाहेकका उद्योगरकलकारखाना तथा बजार पूर्ण रुपमा ठप्प छन्। जसका कारण सर्वसाधारणको रोजीरोटीदेखि ज्यालादारी मजदुर तथा स्वयं उद्योगरकलकारखाना सञ्चालक पनि यसको मारमा परेका छन्।

लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमन्त्रीले आज ४ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटीको बारेमा विषय विज्ञहरुसँग छलफल गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *