सिटी एक्सप्रेसले गर्‍यो अभिकर्ताहरुको कोरोना बीमा

डिसी नेपाल
२२ जेठ २०७७ २०:५०

काठमाडौं । सिटी एक्सप्रेसले सबै अभिकर्ताहरुको कोरोना बीमा गराएको छ । विश्वभरी फैलिएको कोरोना महामारीलाई मध्यनजर गर्दै अभिकर्ताहरुको बीमा गराएको सिटी एक्सप्रेसले जनाएको छ।

सिटी एक्सप्रेस मनीट्रान्सफरका अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै यस्तो विषम परिस्थितीमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्चमुल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नको लागि अभिकर्ताहरुको बीमा गराइएको हो।

सिटी एक्सप्रेसले अत्यावश्यक सावधानी अपनाउँदै नविनतम प्रविधीको अधिकतम प्रयोग गर्दै यस लकडाउनको अवस्थामा पनि आफ्ना सेवाग्राहीहरुलाई विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छु«्ट्टै पहिचान बनाउदै बिगत १३ वर्षदेखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया,  अष्ट्रेलिया, युके, अमेरिकालगायतथुप्रै देशहरु मार्फत विप्रेषण सेवाप्रदानगर्दै आईरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका ८ हजार भन्दाबढी सेवा केन्द्रहरुबाट छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइलवालेटमा लोड गर्न सकिने जस्ता सुिवधाहरु प्रदान गर्दै आईरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *