चलचित्र बोर्डको अध्यक्षमा दाहाल नियुक्त

डिसी नेपाल
२२ जेठ २०७७ २२:२२

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा निर्माता, निर्देशक दयाराम दाहाल नियुक्त भएका छन्। तत्कालिन अध्यक्ष केशव भट्टराईको निधनपछि रिक्त रहेको उक्त पदमा मन्त्रिपरिषद्को विहीबारको बैठकले दाहाललाई नियुक्त गरेको हो ।

वर्तमान चलचित्र बोर्डका सदस्य समेत रहेका दाहाललाई २ वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो । सूचना तथा संचार मन्त्रालयमा पुगेको १० जनाको मध्ये ३ जनाको नाम मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषदमा नाम पुग्नेमा भुवन केसी, राजेश थापा र दयाराम दाहालको नाम मन्त्रिपरिषद्मा पुगको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *