फ्लोएड हत्या आरोपी पुलिस अधिकारीकी पत्नीले डिभोर्स निवेदनमा थर फेर्न माग गरिन्

डिसी नेपाल
२३ जेठ २०७७ १०:४६

वाशिङटन। अमेरिकामा अश्वेत नागरिक जर्ज फ्लोएडको हत्या आरोप लागेका पूर्व पुलिस अधिकारी डेरेक चाउभिनकी पत्नी केली चाउभिनले अदालतमा सम्बन्धविच्छेदको लागि दिएको निवेदनमा आफ्नो थर फेर्न माग गरेकी छिन् । यतिमात्र होइन उनले आफ्नो ठेगाना पनि डेरेकको भन्दा अलग्गै राख्न माग गरेको सिएनएनले जनाएको छ ।

केली आफ्ना पतिसँग मे २८ मा छुट्टिएकी थिइन् । यसको भोलिपल्डै डेरेकमाथि थर्ड डिग्री हत्याको अभियोग र सेकेण्ड डिग्री म्यानस्लाटरको अभियोग लगाइएको छ । केलीले दर्ता गरेको निवेदनमा वैवाहिक सम्बनध अब जोगाउन नसकिने भएकोले बिहेको अप्राकृतिक विच्छेदको माग गरिएको छ । यो जोडीले जून २०१० मा बिहे गरेका थिए ।

लाओसबाट शरणार्थीको रुपमा अमेरिका पुगेकी केली यसअघि माता पिताको थरबाट चिनिन्थिन् । उनले केली थाओ र केली जियोङ नाम प्रयोग गर्थिन् तर अहिले उनले सम्बनधविच्छेदको प्रक्रिया पूरा भएपछि थाओ वा जियोङ कुन थर प्रयोग गर्ने भन्ने खुलाएकी छैनन् । उनले दम्पतीको मिन्नेसोटाको ओकडालेमा र फ्लोरिडाको विन्डरमेयरमा रहेको सम्पत्तिमा पूर्ण अधिकार पनि माग गरेकी छिन् । उनले साझा गाडीहरु र बैंक खातामा पनि बराबरी बाँडफाडको पनि माग गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *