चीनले भारतलाई चेतावनी दिँदै भन्यो – ‘एक पटक सम्बन्ध बिग्रियो भने सुधार्न सजिलो हुने छैन’

डिसी नेपाल
२३ जेठ २०७७ १४:१८

काठमाडौं। पछिल्लो समय चीन र भारतबीचको सम्बन्ध बिग्रिएको छ । सीमा विवादका कारण यी दुई देशबीच बढेको द्वन्द्वमा पछिल्लो समय अमेरिकाको प्रवेश भएपछि सम्बन्ध अझै कटुतापूर्ण भएको छ । यही बीचमा अमेरिकाले एक रणनीतिअनुसार भारतलाई आफ्नो निकट तान्ने प्रयास गरेको छ । पहिलेदेखि नै अमेरिकाको पक्षमा रहेको भारत पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावले अमेरिकाको झनै नजिक भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जी–७ को विस्तार गर्ने उद्देश्यका साथ सरमा सहभागी हुन भारतलाई निम्ता दिएका छन् । भारतले पनि ट्रम्पको निम्तालाई सहर्ष स्वीकार गरिसकेको छ । भारतीय विदेश मन्त्रालयले जारी गरेको बयानमा भारतीय प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको टेलिफोन कुराकानीमा ट्रम्पको दूरदृष्टि र सृजनात्मक सोचको तारिफ गरेको बताइएको छ । भारत जी–७ मा जाने विषयमा चीनले पनि भारतलाई सचेत गराउँदै प्रतिक्रिया दिएको छ ।

चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ – ‘जी–७ को विस्तार भू–राजनीतिक समीकरणलाई लिएर हुँदैछ र प्रस्ट रुपमा यो चीनलाई रोक्ने कोसिस हो । अमेरिका केवल यसकारण भारतको साथमा छैन कि ऊ विश्वको पाँचौं ठूलो अर्थव्यवस्था हो, बरु भारत अमेरिकाको हिन्द–प्रशान्त रणनीतिको पनि अहम हिस्सा हो । अमेरिका हिन्द प्रशान्तमा चीनलाई रोक्नको लागि भारतलाई बलियो बनाउन चाहन्छ ।’

अगाडि लेखिएको छ – ‘ट्रम्पको योजनालाई लिएर भारतको उत्साहजनक व्यवहार आश्चर्यजनक होइन । शक्तिको महत्वाकांक्षामा भारत लामो समयदेखि विश्वका शीर्ष अन्तर्राष्ट्रिय संगठनहरुको हिस्सा बन्ने कोसिस गरिरहेको छ । हालका दिनमा भारत र चीनबीच सीमा विवादका बीच भारतले अमेरिकाको जी–७ योजनालाई समर्थन गरेर चीनलाई पनि सन्देश दिन चाहन्छ । कैयौं भारतीय रणनीतिकारहरु पनि भन्छन् कि चीनमाथि दबाब बढाउनको लागि भारत अमेरिकाको नजिक जानुपर्छ ।’

ग्लोबल टाइम्स अगाडि लेख्छ – ‘जब मोदी दोस्रो पटक सत्तामा आए त्यसपछि भारतको चीनप्रतिको व्यवहार फेरिएको छ । भारत चौकोणीय रणनीतिक वार्तामा अगाडि बढिरहेको छ र भारत, अस्ट्रेलिया, जापान र अमेरिकासँग आफ्नो गठबन्धन बलियो बनाइरहेछ ।’ गएको फेब्रुअरीमा ट्रम्पको भारत भ्रमणको प्रसंग उल्लेख गर्दै अखबारले अगाडि लेखेको छ ‘ट्रम्पको भ्रमणको क्रममा भारत र अमेरिकाले समावेशी विश्वव्यापी रणनैतिक साझेदारी बढाउने कुरा गरेका थिए । यसको अर्थ यो हो कि भारत अमेरिकाको हिन्द प्रशान्त रणनीतिलाई लागू गर्न सहयोग गर्नको लागि तयार छ । यसको बदलामा उसले अमेरिकासँग विश्वव्यापी शक्ति बन्ने र आफ्ना अन्य योजनाहरुमा सहयोग चाहन्छ ।’

अखबारले अगाडि लेखेको छ ‘कोरोना महामारीको मृष्ठभूमिमा भारत, अस्ट्रेलिया, जापान र अमेरिकाका बरिष्ठ अधिकारी र न्यूजिल्याण्ड, दक्षिण कोरिया र भियतनामले मार्च महिनामा टेलिकन्फ्रेन्स गरेका थिए । यो बैठक आयोजना गर्न भारतले अहम भूमिका निभाएको थियो । यो बैठक कोरोना मुद्दाका विषयमा भएको दावी गरिएको थियो तर चार देशको गुटलाई संस्थाको रुपमा पेश गरिनु र यसलाई न्यूजिल्याण्ड, दक्षिण कोरिया र भियतनामसम्म विस्तान गर्ने प्रयासलाई हल्का रुपमा लिन सकिन्न ।’

‘यो भन्नु बिल्कुल सही हो कि चीनलाई लक्ष्य बनाउने अमेरिकाका कैयौं योजनाहरुमा भारत सक्रिय रहेको छ । तर, महामारीपछि यदि चीनको शक्ति र यसको विश्वव्यापी दर्जामा कुनै कमी आउँदैन र अमेरिकाको पतन जारी रहन्छ भने यसको सम्भावना कम नै छ कि भारत त्यतिबेला पनि चीनलाई रोक्न अमेरिकाको साथमा उभिनेछ’ अखबारले अगाडि लेखेको छ ।

भारतका रणनीति बनाउने थिंक ट्यांकको बारेमा अखबारले लेखेको छ ‘भारतका रणनीतिकार र नीति निर्माता एउटा सानो समूहको हातमा छन् जो चीनविरुद्ध नकारात्मक सोच राख्छन् । चीनको विस्तार र भारत–चीनबीच शक्तिको मामिलामा बढ्दो अन्तरले चीनप्रति भारतको बेचैनी अझै बढाइरहेको छ ।’

ग्लोबल टाइम्स अगाडि लेख्छ –‘अमेरिका चीनविरुद्ध भारतलाई समर्थन दिइरहेको छ । यसबाट भारतको चीनप्रतिको रणनीतिक सोच पनि थाहा हुन्छ । विश्वव्यापी रणनीतिक परिस्थितिहरुलाई लिएर भारतको फैसला चीनभन्दा बिल्कुल अलग छ । उनीहरुलाई लाग्छ कि पश्चिमी देशहरु अहिले पनि धेरै बलियो स्थितिमा छन् र यदि उनीहरु अमेरिकाको साथमा उभिए भने उनीहरुलाई फाइदा हुन्छ ।’

अखबारले भारतलाई चेतावनी दिँदै भनेको छ ‘यदि भारतले चीनलाई काल्पनिक दुश्मन मान्ने साना–सानम समूहसँग हतारमा हात मिलायो भने चीन–भारत सम्बन्ध खराब हुनेछन् र यो भारतको हितमा हुने छैन । दुई देशको द्विपक्षीय सम्बन्ध पहिलेदेखि नै तनावपूर्ण अवस्थामा चलिरहेका छन् । चीन–भारत सम्बन्ध एक यस्तो स्थितिमा छन् कि केवल शीर्ष नेता मात्रै भविष्य तय गर्न सक्छन् । एकपटक सम्बनध खराब भएपछि तिनीहरुलाई फेरि सुधार्नु यति सजिलो हुने छैन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *