१६८ जना नेपाली लिएर एयर अरेबियाको जहाज काठमाडौं उड्यो

डिसी नेपाल
२३ जेठ २०७७ १५:०२
16
Shares

काठमाडौं। युएईबाट १६८ जना नेपाली कामदार लिएर एयर अरेबियाको जहाज काठमाडौं उठेको छ। युएईस्थित नेपाली दूतावासका श्रम सहचारी मोतिलाल भुसालका अनुसार सबै नेपालीको आरडीटी परीक्षण गरेर नेपाल पठाइएको छ।

सरकारले प्राथमिकतामा राखेका नागरिक नभई अन्य कम्पनीमा काम गर्ने १६८ जना नेपाली नागरिकलाई लिएर एयर अरेबियाको जहाज उडेको हो।  इजाजा कम्पनीमा कार्यरत र इसायर ग्रुपमा काम गर्ने नेपाली कामदार दिएर एयर अरेबियाको जहाज उडेको श्रम सहचारी मोतिलाल भुसालले जानकारी दिए।

यसअघि सरकारले प्राथमिकता तोकेका नागरिक लिएर एयर अरेबियाको जहाज आउने तय भएको थियो। तर अन्तिम समयमा सित्तैमा नेपाली नागरिक बोकेर आउन नसक्ने बताएको एयर अरेबिया नेपाली नेपाली कामदार कार्यरत दुई वटा कम्पनीबाट १६८ जना नेपाली कामदार लिएर काठमाडौं आउन लागेको हो।

सरकारले सम्बन्धित मुलुकलाई पत्राचार गर्दै नेपाली नागरिक स्वदेश फर्किनु अघि कोरोना परीक्षण गर्न गरिदिन आग्रह गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *