भन्सार विभागकाे स्पष्टिकरण : कर सम्बन्धी कुनै जानकारी चुहिएको छैन

डिसी नेपाल
२३ जेठ २०७७ १५:१४

काठमाडौं।  भन्सार विभागले कर सम्बन्धी कुनैपनि जानकारी नचुहाएको स्पष्ट पारेको छ। विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै भन्सार दररेट जेठ १४ गते राति मात्र यकिन हुने भएको र जेठ ७ गते आयात भएका गाडीहरु कुनै संकेत पाएर जाँचपास हुने संभावना नरहेको स्पष्ट पारेको छ।

संसदमा बजेट आउनु अगाडि नै अर्थमन्त्रालयले कर बढ्ने सुचना चुहाएर ११८ वटा गाडी एकैपटक पास गराएको आरोप लगाएपछि विभागले विज्ञप्ति जारी गरी स्पष्टीकरण दिएको हो।

त्यस्तै विभागले बजेट आउनु एक हप्तादेखि जम्मा १८ वटा मात्र विद्युतीय गाडीको जाचपाँस गरेको प्रष्टीकरण दिएको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको एक साताभर जम्मा १८ वटा मात्रै विद्युतीय गाडी र ३४३ वटा पेट्रोलियम गाडी जाँचपास भएको जनाएको हो।

विज्ञप्तिमा भनिएको छ, विभागले जेठ १ देखि १४ सम्म जम्मा ९३ वटा विद्युतीय सवारी साधन जाँचपास भएको र त्यसमध्ये जेठ ७ गते ७५ वटा, जेठ १३ गते १६ वटा र जेठ १४ गते २ वटा मात्र जाँचपास भएको छ। ’

गत वर्षको तुलनामा चालु आर्थिक बर्षमा विद्युतीय गाडीको आयातमा करिव दोव्वरले बढेको भन्दै गत बर्ष जेठमा ५४ वटा मात्र विद्युतीय गाडीको आयात भएकोमा यस बर्षको बजेट आउनुपूर्वको जेठमा ९३ वटा विद्युतीय गाडी आयात भएको विभागले जनाएको छ।

विभागले वैशाख १६ गते जाँचपास भएका ४५ वटा गाडी चैत २५ मा सुख्खा बन्दरगाहबाट भन्सारमा आइपुगेको,जेठ ७ गते जाँचपास भएका ७५ वटा सवारी साधन वैशाख ११ गते भन्सारमा आइपुगेको पनि विभागले उल्लेख गरेको छ।

त्यस्तै जेठ १४ गते जम्मा २ वटा विद्युतीय गाडी मात्र जाँचपाँस भएका र १७९ पेट्रोलियम गाडीहरुको आयात भई जाँचपाँस भएको विभागले बताएको छ।
चालु आर्थिक वर्षको साउनमा ९१ वटा, मंसिरमा ११२ वटा, पुसमा ९५ वटा गाडीहरु जाँचपास भएका छन, त्यसैगरी जेठमा ९३ वटा जाँचपास भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *