खत्रीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

डिसी नेपाल
२३ जेठ २०७७ १९:५४

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द समूहका नेता चक्रबहादुर खत्रीलाई थुनामुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आज खत्रीलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा सदस्यको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो ।

आदेशमा आयोग केन्द्रीय कायालयमा यही जेठ २५ गते खत्रीलाई उपस्थित गराई आयोगका अध्यक्ष वा सदस्यको रोहबरमा थुनामुक्त गर्न भनिएको छ ।गैरकानूनी रुपमा खत्रीलाई पटकपटक थुनामा राखिएको उल्लेख गर्दै आदेशमा खत्रीलाई थुनामुक्त गरेर सम्मानपूर्वक बाँच्न पाउने हकको उपभोग गर्ने सन्दर्भमा आयोगले नै अनुगमन गर्नु भनी आदेशमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *