कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

डिसी नेपाल
२३ जेठ २०७७ २०:२३

काम्पला । युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन्। उनिसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका हुन् ।

उनको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बसेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “साथीहरु म आफै आ इसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भएपनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरुको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ ।”

उनि कोरोनाभाइरस विरुद्धको लडाईमा देशको नेतृत्व गरिरहेका छन् । उनि मातहत नै यससम्वन्धी समिति रहेको थियो । स्वास्थ्य मन्त्रालयले सवै मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निश्कर्ष निकालिएको थियो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उनिहरुको फेरि केही दिनमा दोहो¥याएर परीक्षण गरिने जानकारी दिए । “मन्त्रीहरु विभिन्न ठाउँमा जाने गरेको, मानिसहरुलाई भेट्ने गरेको भएकाले शंका लागेर कोरोना परीक्षण गरिएको थियो,” उनले भने ।

युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा शुक्रबारसम्ममा ५५७ व्यक्ति सङ्क्रमित रहेका छन् भने ८२ जना निको भएर घर फर्किएका छन् । युगाण्डामा अहिलेसम्म सङ्क्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *