नेपालमा शनिबार बिहानै १७ जनामा कोरोना संक्रमण पुष्टि

डिसी नेपाल
२४ जेठ २०७७ ६:१२

काठमाडौँ । नेपालमा शनिबार बिहानै १७ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशको कास्की, स्याङ्जा, बागलुङ्ग र पूवी नवलपरासीमा नयाँ १७ जना कोरोना संक्रमित थपिएको स्वस्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । स्याङ्जाकै हरिनास गाउँपालिका १८, र ४० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

इस्तै, वागलुङ्को ताराखोला गाउँपालिकाका ३९ वर्षीय पूरुष, कास्कीको रुपा गाउँपालिकाका २३ र ३२ वर्षीय पूरुष, तथा पोखरा महानगरपालिकाका ५९ वर्षीय पूरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा पूवी नवलपरासीको बिनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षीय पूरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार नयाँ स.क्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *