बलिउड फिल्म निर्माता अनिल सूरीको कोरोनाभाइरसका कारण निधन

डिसी नेपाल
२४ जेठ २०७७ ९:२१

मुम्बइ। बलिउडका वरिष्ठ फिल्म निर्माता अनिल सुरीको निधन भएको छ । ७७ वर्षका उनको कोरोनाभाइरसका कारण निधन भएको भारतीय संचारमाध्यमले लेखेका छन् । उनको निधन भएसँगै उनका भाइ तथा फिल्म निर्माता राजिव सुरीले अस्पतालमाथि अनिलको उपचार गर्न नमानेको आरोप लगाएका छन् ।

राजिवका अनुसार अनिललाई जून २ तारिखमा ज्वरो आएको थियो । त्यको केही घण्टामा नै उनको स्थिति बिग्रियो । अनिलको बिहिबार राती ७ बजे निधन भएको हो । अनिल सुरीको अन्तिम संस्कार भोलिपल्ट शनिबार बिहान ओशिवारा शवदाहगृहमा गरिएको हो । त्यतिबेला परिवारका चारजना सदस्य मात्रै उपस्थित थिए । अन्तिम संस्कारका बेला सबैले पिपिई किट लगाएका थिए ।

राजिवले भने, ‘जून ३ मा अनिल सास फेर्न सकिरहेका थिएनन् । हामीले उनलाई अस्पताल दौडायौं । तर, हिन्दुजा र लिलावतीजस्ता अस्पतालले सेवा दिन अस्विकार गरे । त्यसपछि उनलाई नगरपालिकाको अस्पालमा बुधबार राती भर्ना गरियो । उनलाई कोरोनाको संक्रमण भएको थियो । बिहिबार डाक्टरले केही गडबडी भएको भन्दै उनलाई भेन्टिलेटरमा राख्यो । अनिल सुरीले राजकुमार र रेखा स्टारर कर्मयोगी र राजतिलकजस्ता फिल्मको निर्माण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *