टिका पुनले भनिन् ‘मनमा छैन थिर’

डिसी नेपाल
२४ जेठ २०७७ ९:५८

काठमाडौं । चर्चित लोक दोहोरी गायिका टिका पुनको रोपाई गित ‘निष्ठुरी बचन’ सार्वजनिक भएको छ । चर्चित संकलक नारायण रायमाझीको संकलनमा टिका पुनको एकल आवाजमा रोपाईँ गित ‘निष्ठुरी बचन’ सार्वजनिक भएको हो ।

टिका पुनको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गितको लय नारायण रायमाझीको रहेको छ ।

‘असारमा खाउँला दुधिला मकै साउनमा खाने खिर, घरमा छैन सितलु बचन मनमा छैन थिर,’ रोपाईँमा रोपार्नीको मनको पिडा यस गितबाट पोखिएको छ ।

‘आज नी रोपाई भोलिनी रोपाई पर्सिनी जानु छ, सासुर जिउको निष्ठुरो बचन पेटभरी खानु छ,’ टिका पुनको आवाजमा रहेको रापाई गित रोपाई गर्ने बेला गितको माध्यामबाट आफ्ना मनमा भएका विरहहरु पोखिएको पाईन्छ ।

‘पानीको धारा एक कोष टाढा, सुकेर मुल पनि, कोई गालि गर्छन् कोई आखाँ तर्छन के थ्यो र भुल पनि’ नेपाली समाजमा बुहारीलाई गर्ने व्यवहारको एक प्रतिनिधित्व गितका हरेक शब्दले गरेको पाईन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *