बाजुराका ७ स्वास्थ्यचौकी १५ शय्यामा स्तरोन्नति हुने
बाजुरा । जिल्लाका सात स्वास्थ्यचौकी स्तरोन्नती हुने भएका छन् । संघीय सरकारले लिएको नीतिअनुरुप ती स्वास्थ्य संस्था १५ शय्यामा विकास हुने भएका छन् । यही आर्थिक वर्षमा भवन निर्माण शुरु हुने गरी बजेटसमेत विनियोजन गरिएको छ ।
जिल्लाका त्रिवेणी नगरपालिकाको तोली स्वास्थ्यचौकी, खप्तड छेडेदह गाउँपालिकाको डोगडी स्वास्थ्यचौकी, स्वामिकार्तिक गाउँपालिकाको जुकोट स्वास्थ्यचौकी, गौमूलको दहकोट स्वास्थ्यचौकी, बडिमालिका नगरपालिकाको चुथी स्वास्थ्यचौकी, हिमाली गाउँपालिकाको रुगिन स्वास्थ्यचौकी र जगन्नाथ गाँउपालिकाको हुनी महती स्वास्थ्यचौकीलाई १५ शय्याको अस्पतालमा स्तरोन्नति हुने सूचीमा परेका छन्।
यसअघि नै १५ शय्याको अस्पतालका रुपमा विकास गर्ने निर्णय गरिए पनि आगामी आर्थिक वर्षको बजेटमा समेत समावेश गरिएको प्रतिनिधिसभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले बताए ।
१४ स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री सहयोग
आइपास नेपाल र पिसविन बाजुराले जिल्ला अस्पतालसहित १४ स्वास्थ्य संस्थालाई सुरक्षा सामग्री सहयोग गरेको छ।
कोरोना संक्रमणको जोखिम घटाउन प्रयोग हुने सरसफाइ तथा सुरक्षा सामग्री प्रत्येक स्वास्थ्य संस्थामै पुगेर सहयोग गरिएको हो।
स्वास्थ्यचौकीलाई रु १६ हजार ६९८ बराबर तथा जिल्ला अस्पताललाई रु २३ हजार बराबरको सामग्री सहयोग गरिएको आइपास बाजुराका कार्यक्रम संयोजक महेशराज जैशीले जानकारी दिए । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment