२६ वर्षपछि तालबाट बाहिर निस्किएको गाउँ

डिसी नेपाल
२४ जेठ २०७७ ११:०७

काठमाडौं। इटलीको एउटा गाउँ करिब २६ वर्षपछि तालबाट बाहिर निस्किएको छ । इटली सरकारले आगामी वर्ष २०२१ को सुरुवातदेखि यो गाउँ हेर्न पर्यटकहरु जान सक्ने अपेक्षा गरेको छ । यो मध्यकालीन गाउँ ७३ वर्षअघि जानेरै तालमा डुबाइएको थियो । त्यसपछि यो गाउँ केवल ४ पटक पानीबाहिर निस्किएको थियो ।

मध्यकालीन इतिहासको उच्चतम नमूनाको रुपमा रहेको यो गाउँ ७३ वर्षदेखि पानीमा डुबेर रहेको छ । केही मानिसहरु यो गाउँमा खराब आत्मा र भूत थिए भन्ने विश्वास गर्छन् । यही कारण यो गाउँ भएको ठाउँमा ताल बनाएर गाउँलाई डुबाइएको उनीहरु मान्छन् । बेलायती अखबार डेली मिररले यो गाउँको बारेमा एक रिपोर्ट प्रकाशित गरेको छ ।

यो गाउँको नाम फेब्रिश डि क्यारेन हो । यो गाउँ सन् १९४७ देखि वागली तालभित्र डुबेर रहेको छ । ७३ वर्षदेखि पानीमा कैद रहेको यो गाउँ यसअघि केवल ४ पटक पानीबाहिर देखिएको थियो । सन् १९५८, १९७४, १९८३ र १९९४ मा यो गाउँ पानीबाहिर निस्किएको थियो । अहिले यो गाउँ पानीबाहिर निस्किएको पाँचौं पटक हो ।

यसअघि पनि यो गाउँ पानीबाहिर निस्किएको बेला पर्यटकहरुका लागि खुला गरिएको थियो र ठूलो संख्यामा पर्यटक यहाँ घुम्न गएका थिए । २६ वर्षपनि फेरि यो तालको पानी कम भइरहेको छ र यो गाउँ पानीबाहिर निस्किरहेको छ । फेब्रिश डि क्यारेनको बारेमा यहाँका स्थानीयले बताएअनुसार यो गाउँ १३ औं शताब्दीमा बसाइएको थियो । यो गाउँमा फलामको उत्पादन हुन्थ्यो । यो गाउँमा फलामको काम गर्ने लोहारहरु बस्थे ।

इटलीको लुका प्रान्तको टसकेनी शहरनजिकै रहेको यो गाउँ हेर्ने अवसर २६ वर्षपछि फेरि जुरेको छ । जब वागली ताल खाली हुनेछ त्यपछि यो गाउँ पूरै पानीबाहिर निस्कनेछ । अरु समय यो गाउँ ३४ मिलियन क्युबिक मिटर पानीमा डुबेर रहन्छ । १९४७ मा यो गाउँभन्दा केही तल एउटा बाँध बनाइएको थियो । यो बाँधले पानी रोकेपछि यहाँ ताल बन्यो र पूरै गाउँ डुब्यो ।

भनिन्छ, यहाँ खराब आत्माहरु थिए त्यसैले गाउँलाई पानीमा पुरियो । अहिले बाँध संचालन गर्ने कम्पनी इनेलले विस्तारै तालको पानी खाली गर्न लागेको जनाएको छ । कम्पनीले तालभित्र सरसफाइ गर्न बाँध खोल्न लागेको जनाएको छ । कम्पनकिा अनुसार २०२१ को सुरुवातसम्म यो काम पूरा हुनेछ । १९४७ मा यहाँ हाइड्रोइलेक्ट्रिक बाँध बनाउँदा यहाँका बासिन्दाहरुलाई नजिकै रहेको वागली डि सोटो भन्ने ठाउँमा स्थानान्तरण गरिएको थियो ।

फेब्रिश डि क्यारेन गाउँ जब पानीबाट बाहिर आउनेछ त्यसपछि पर्यटकहरुले यहाँ १३ औं शताब्दीका भवनहरु देख्न सक्नेछन् । यी भवनहरु ढुङगाबाट बनेका छन् । यो गाउँमा आज पनि चर्च, सिमेन्ट्री र ढुंगाबाट बनेका घरहरु देख्न पाइन्छन् । वागली डि सोटोका पूर्व मेयरका अनुसार जब यहाँ पानी कम हुनेछ त्यसपछि पर्यटकहरु यो गाउँ घुम्न आउन थाल्नेछन् ।

ताल खाली भएपछि पर्यटकहरु यो गाउँभित्र घुम्न जानेछन् । इनेल कम्पनीले यो तालको पानी खाली गरेर केही समयको लागि गाउँ खुल्ला गर्ने जनाएको छ । कम्पनीले यो क्षेत्रको पर्यटन प्रवर्द्धनकै लागि गो गाउँ खुला गर्ने जनाएको छ । कम्पनीले यही समयमा तालभित्रको क्षेत्रको सरसफाइ गर्ने र पुरानो बाँधको मर्मत समेत गर्ने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *