शनिबार राति ९ बजे नेपाल टेलिभिजनको पर्दामा आउँदै खबपु

डिसी नेपाल
२४ जेठ २०७७ १७:०४

काठमाडौं । कमेडी च्याम्पियनका चर्चित हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) नेपाल टेलिभिजनको पर्दामा देखिने भएका छन्। अर्गानिक कमेडियनको उपमा पाएका रोल्पाका पुन एनटिभि प्लसबाट शनिबार राती ९ बजे प्रसारण हुने ‘टेलि श्रृङ्खला अति भो’मा देखिने भएका छन्।

समसामयीक विषयवस्तुमा आधारीत रहेर हास्यव्यंग्य मार्फत चेतना र सन्देश प्रवाह गर्ने हेतुले तयार पारिएको उक्त श्रृङ्खलामा खड्ग बहादुर पुन, सुमन सागर, रियाशा दाहाल, शर्मिला शर्माले अभिनय गरेका छन्। यस्तै, युगज्योती क्रियाशील, कन्चन खड्का, राहुल श्रेष्ठ, चन्द्र पाण्डे, सुरज खनाल, तिलक कोइराला, सीमा ढकाल आदीको अभिनय रहेको तिलक कोइरालाले जानकारी दिए ।

श्रृङ्खलाको लेखन सुरज, तिलक र चन्द्रको रहेको छ भने दिलिप विष्टले छायाङ्कन गरेका छन्। सन्तोष खनालले निर्देशन गरेको श्रृङ्खला शनिबार राति ९ः३० बजे मिडिया हबको युट्युव च्यानलमा पनि हेर्न सकिने कोइरालाले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *