गाउँमै रोजगारीको व्यवस्था मिलाउनुपर्छ : वरिष्ठ नेता पौडेल

डिसी नेपाल
२४ जेठ २०७७ १९:५४
4
Shares

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमै रोजगारीको व्यवस्था मिलाउनुपर्ने बताएका छन्। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आयोजना गरेको ‘कोरोनाको सङ्क्रमण र विश्व परिवेश’ विषयक भर्चुअल कार्यक्रममा उनले भोकमारी र बेरोजगारीको अन्त्यका लागि गाउँमुखी अर्थनीति र जनमुखी राजनीति आवश्यक रहेको बताए ।

वरिष्ठ नेता पौडेलले गाउँमुखी अर्थनीतिलाई अगाडि ल्याएर कोरोनाको सङ्क्रमणमा गाउँ फर्केका नागरिकलाई गाउँमै रोजगारी र गाउँमै आम्दानीको व्यवस्था मिलाउनुपर्ने बताए। ‘शहरमा उपलब्ध सेवालाई गाउँमा लगेर रोजगारी र आम्दानीको व्यवस्था मिलाउनसकेमात्र मुलुकको अर्थतन्त्र जोगाउन सकिन्छ’, उनले भने ।

उनले राज्यको सामाजिक रुपान्तरण हुन नसकेका कारण रुकुमको चौरजहारीमा जातीय विवेदसम्बन्धी घटना घटेको बताए । सरकारले कोरोनाविरुद्धको लडाइमा सबैलाई समेटेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा काँग्रेस कपिलवस्तुका सभापति सुरेन्द्र आचार्य, रोल्पाका सभापति अमरसिंह पुन, गुल्मीका सभापति भुवन आचार्य, इलामका सभापति हिमालय कर्माचार्य, सङ्खुवासभाका सभापति दिपेन श्रेष्ठ, पाँचथरका सभापति नरेन्द्र केरुङ, कास्कीका सभापति कृष्ण केसी, तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेलगायतको उपस्थिति थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *