आजबाट सुनचाँदीको कारोबार सुरु, यस्तो छ आइतबारको मूल्य

डिसी नेपाल
२५ जेठ २०७७ १२:२५

काठमाडौँ । नेपालमा लकडाउनसँगै बन्द भएको सुनचाँदीको कारोबार आजदेखि सुरु भएको छ । आज जेठ २५ गते (आइतबार) नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन चाँदीको मूल्य प्रकाशित गरेको छ ।

महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४०० रुपैयाँ तथा तेजावी सुनको भाउ ८६ हजार ९६० रुपैयाँ तोकेको छ ।

यस्तै, आज चाँदीको भाउ ९२५ रुपैयाँ रहेको छ ।

पछिल्लो समय सरकारले आर्थिक क्रियाकलाप खुकुलो बनाउने निर्णय गरेसँगै आइतबारदेखि सुनचाँदीको भाउ प्रकाशित गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपालमा गत चैत्र ११ गतेदेखि घोषणा भएको लकडाउनसँगै सबै कारोबार बन्द भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *