नीति तथा योजना आयोग र स्थानीय सरकारहरुबीच पूर्वबजेट वैठक

डिसी नेपाल
२५ जेठ २०७७ १३:०३

तानसेन । गण्डकी तथा प्रदेश ५ का निती तथा योजना आयोग र सिद्धार्थ राजमार्ग आसपास रहेका पालिकाहरु माझ आगामी आर्थिक वर्षको बजेट निर्माणकालागि पूर्वबजेट वैठक सम्पन्न भएको हो । सिद्धार्थ आर्थिक करिडोरका मेयरहरुको मञ्चले आयोजना गरेको वैठकमा आगमी बजेटका विषयमा छलफल भएको मञ्चका संयोजक अशोक कुमार शाहीले बताए।

सिद्धार्थ करिडोरको आर्थिक तथा सामाजीक विकासमा साझा प्रयास आवश्यक भएको बताउदै संयोजक शाहीले प्रदेश सरकार तथा स्थानीय सरकारहरुबीच आपसी समन्वय र सहकार्यका लागि वैठकको आयोजना गरिएको बताए।

वैठकमा गण्डकी प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी पौडेलले स्थानीय सरकार र प्रदेश सरकारहरुबीच भएको पूर्वबजेट वैठकले स्थानीय सरकारका प्राथमिकताहरुको जानकारी हुनुका साथै प्रदेश सरकारको प्राथमिकताबीच तालमेलका लागि महत्वपूर्ण भूमिका खेलेको बताए।

गण्डकी प्रदेश योजना आयोगले सिद्धार्थ आर्थिक करिडोरका योजनाहरुलाई निती तथा कार्यक्रम मार्फत समेटदै लैजाने प्रतिवद्धता जनाए। प्रदेश ५ निती तथा योजना आयोगका उपाध्यक्ष डा इस्वर गौतमले दुइ प्रदेश र १५ वटा स्थानीय निकायहरुबीच भएको वैठकले नयां उर्जा थपेको बताउदै सिद्धार्थ आर्थिक करिडोरको विकासको लागि स्थानीय सरकारहरु संग बजेट मार्फत सहकार्य गर्न तयार रहेको जानकारी दिए।

वैठकमा योजना आयोगका पूर्व उपाध्यक्ष तथा इपीआई नेपालका टीम लिडर डा शंकर शर्माले सिद्धार्थ आर्थिक करिडोरमा कृषि तथा रोजगारी सिर्जनाको क्षेत्रका योजनाहरुमा काम गर्नु पर्ने बताए। करिडोरको आर्थिक विकासका लागि योजनाबद्ध ढंगले अगाडी बढ्न सुझाउदै त्यसका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।

पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जीसीले ठूला योजनाहरु मार्फत यस क्षेत्रको विकासमा गति दिन सकिने बताउदै लुम्बिनी र पोखरालाई जोडन सिद्धार्थ राजमार्गको स्तर उन्नती छिटो भन्दा छिटो गर्नु पर्ने बताए। बुटवल उपमहानगर पालिका तथा पोखरा महानगरपालिका जोडने सिद्धार्थ राजमार्ग आसपासको विकासमा पालिकाहरु तथा प्रदेश सरकारको संयुक्त पहल निकै महत्वपुर्ण हुने बुटवल उपमहानगरपालिकाका प्रमुख शिव राज सुवेदीले बताए ।

करिडोरको विकासको लागि आफैबाट सुरु गर्नु पर्ने बताउदै वालिड नगर प्रमुख दीलीप प्रताप खांडले समन्वय र सहकार्यमा यस क्षेत्रको विकास सम्भव भएको बताउनु भयो। श्रोत र साधन नभई ईच्छा शक्ति महत्वपूर्ण हुने भन्दै यस क्षेत्रको विकास गर्नबाट स्थानीय सरकारहरु पछि नहट्ने जानकारी दिए।

वैठकमा स्थानीय सरकारहरुले केहि साना योजनाहरुलाई यसै आर्थिक वर्षदेखि बजेटमार्फत कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन। राजमार्गमा रहेका आफ्नो क्षेत्रका खाल्डाखुल्डी पुर्ने, साइनेज राख्ने, राजमार्ग सेवा केन्द्र स्थापना गर्ने, तरकारी तथा फलफुल संकलन केन्द्रको स्थापना गर्ने तथा पर्यटन सूचना बोर्ड राख्ने जस्ता कार्यक्रमलाई आगामी आर्थिक वर्षको बजेटमार्फत कार्यान्वयन गर्र्र्ने जनाइएको छ।

ईपीआई नेपाल, युएनडीपी नेपाल र द एसिया फाउण्डेसनको सहभागिता रहेको उक्त वैठकमा सिद्धार्थ करिडोरको विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता जनाईएको छ।

प्रविधिको सहयोगमा सञ्चालित वैठक सिद्धार्थ आर्थिक करिडोर मेयरहरुको मञ्चका संयोजक तथा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार साहीको अध्यक्षतामा सम्पन्न भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *