सशस्त्रका तीन एआइजीको सरुवा मन्त्रालयमै थन्कियो

डिसी नेपाल
२५ जेठ २०७७ १३:४०

काठमाडौं। सशस्त्र प्रहरीका तीन अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवाको गर्ने तयारी भएपनि तीन सातादेखि गृहमन्त्रालयमै थन्किएको छ। सरुवा भएको १० महिना मै सशस्त्र प्रहरीमा एआइजीको सरुवा हुन लाग्दा मन्त्रालयमै रोकिएको हो।

गृहमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट विशिष्ट श्रेणीको सरुवा बढुवा हुने भएकाले एआइजीको सरुवा मन्त्रिपरिषदमै नपुगी मन्त्रालयमै थन्किएको स्रोतले जनाएको छ। वैशाखको अन्तिम साता गृहमन्त्रालयले सशस्त्रका तीन एआइजीको सरुवा प्रस्ताव मन्त्रिपरिषद बैठकमा लान खोजेको थियो।

तर त्यतिबेलोदेखि रोकिएको सरुवा अहिले सम्म हुन सकेको छैन। मन्त्रालय स्रोतका अनुसार कार्यविभागमा रहेका एआईजी नारायणबावु थापाको ऐकेडेमी, एकेडेमीमा रहेका पुष्पराम केसीको मानवश्रोत विभाग र मानवस्रोतमा रहेका रामशरण पौडेलको कार्यविभागमा सरुवा प्रस्ताव गरेको गरिएको थियो।

आइजीपीका प्रतिस्पर्धी रहेका केसीले आइजीपी खनाललाई असहयोग गर्दै आएकाले उनको सरुवा मानवस्रोत विभागमा नगर्न दौडधुप गरेको हल्लाका कारणले पनि आइजीपी खनालले केसीलाई भेटेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले एआईजीको सरुवाको प्रस्ताव ल्याउन गृहमन्त्री रामबहादुर थापालाई निर्देशन दिएका थिए। तर थापाले केही समय पर्खन र त्यसको तयारी हुँदै गरेको बताएपनि अहिलेसम्म लान सकेका छैन।

एआइजी पुष्पराम केसीको मानवस्रोत विभागमा सरुवा गर्ने मन्त्रालयको तयारीप्रति सशस्त्र प्रहरी महानीरिक्षक शैलेन्द्र खनालले असहमति प्रकट गरेका कारण रोकिएको हो भन्ने बाहिर आँकलन गरिएको छ।

तर सशस्त्र प्रहरी महानीरीक्षक सचिवालयले भने केसी, थापा, वा पौडेलको जहाँ सरुवा गरेपनि संगठनलाई आपत्ति नभएको र सरुवा गर्ने जिम्मेवारी गृहमन्त्रालयको भएकाले यसमा संगठन प्रमुखको कुनै आपत्ति नरहेको जनाएको छ।

तर गृहमन्त्रालयमा भने आइजीपी खनालले सरुवा रोकेको हल्ला गरेपछि केही दिन अघि पुष्पराम केसीलाई मूख्यालयमै बोलाएर आइजीपी खनालले भेटेका थिए। गत बर्ष साउन १९ गते सरकारले सशस्त्रका तीन जना एआइजीको सरुवा गरेको थियो।

त्यतिबेला एआईजी पुष्पराम केसीलाई सीमा सुरक्षा विभागबाट प्रशिक्षण प्रतिष्ठानमा, सीमा सुरक्षा विभागमा मानव स्रोत विभागमा रहेका एआईजी नारायण बाबु थापालाई र प्रतिष्ठानमा रहेका रामशरण पौडेललाई मानवस्रोत विभागमा ल्याएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *