ग्यास विक्रेता र कामदारको पनि बिमा गर्न महासंघको माग

डिसी नेपाल
२५ जेठ २०७७ १५:०२

काठमाडौं। ग्यास बिक्रेता महासंघले ग्यास बिक्रेता र कामदारको पनि कोरोना बिमा हुनुपर्ने माग राखेको छ। आइतबार महासंघको प्रतिनिधि मण्डलले नियमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई भेटेर कोरोना संक्रमणसँगै ग्याँस विक्रेता र कामदारको ज्यान उच्च जोखिममा पारेको भन्दै बिमा गर्नका लागि उद्योगहरुलाई दवाव दिन निगमलाई आग्रह गरेको हो।

महासंघका अध्यक्ष महेश्वर श्रेष्ठले ग्यास उद्योगहरुले प्रत्येक डिपोवाला र कामदारको कोरोना परीक्षण गरी बिमासमेत गरिदिनुपर्ने निगम समक्ष माग गरेको जानकारी दिए।

कठिन परिस्थितीमा काम गरिरहेका बिक्रेता र मजदुरप्रति राज्यले पनि हेर्नुपर्ने हुन्छ’, सोही कारण हामीले निगम समक्ष सो माग राखेका हौं। उनले भने।
त्यसैगरी महासंघले ग्यास विक्रि गर्दा आउने कमिसन पनि बढाउन आग्रह गरेको छ। काठमाडौं उपत्यका छाडेर धेरै जना गाउँ गएकाले व्यापारमा कमी आएको भन्दै कमिसन बढाउन माग गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले कोरोनाको समस्या रहुन्जेल ग्यासको कारोबारमा पाँच प्रतिशत कमिसनको व्यवस्था हुनुपर्छ भन्ने महासंघको माग रहेको स्पष्ट पारे । उनले भने,‘कारोनाको कारण व्यापार व्यवसाय घटेकोले नाफामा कमी आएको साथै आफ्नो स्वास्थको पनि ख्याल नगरी ग्यास व्यापारीहरुले काम गरिरहेकोले उनीहरुको बढाउनुपर्ने माग गरेको हो ।’ त्यस्तै महासंघले ग्याँस विक्रेताको पनि कोरोना बिमा गर्नुपर्ने माग पनि निगम समक्ष राखेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *