एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

डिसी नेपाल
२५ जेठ २०७७ १५:१३

काठमाडौं। चालु अधिवेशनबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पारित गर्ने नगर्ने विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाले सचिवालय बैठक बोलाएको छ। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले साेमबार  चार बजे सचिवालय बैठक बाेलाएकाे जानकारी दिए।

सोमबार अपरान्ह चार बजे प्रधानमन्त्री निवासमा बस्ने सचिवालय बैठकमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ। नेकपाभित्र एमसीसी पारित गर्ने नगर्ने विषयम मतभेद छ।

प्रधानमन्त्री केपी शर्मा ओली चालु अधिवेशनबाट एमसीसी पारित गर्नुपर्ने पक्षमा छन्। तर अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले भने एमसीसी पारित गर्न नहुने पक्षमा छन्। एमसीसीका विषयमा अध्ययन गर्न नेकपाले पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो।

कार्यदलले आफ्नो प्रतिवेदन बुझाइ सकेको छ। कार्यदलले एसीसी संशोधन नगरी पास गर्न नहुने सुझाव दिएको छ।




प्रतिक्रिया

One thought on “एमसीसीबारे छलफल गर्न नेकपाले बोलायो सचिवालय बैठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *