कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएकाको अनुभव : ‘हाम्रो पीपीई भनेको नै आत्मबल’ – Dcnepal

कोरोना विरुद्ध अग्रपंक्तिमा खटिएकाको अनुभव : ‘हाम्रो पीपीई भनेको नै आत्मबल’

काठमाडौं। ‘हाम्रो त पीपीई भनेको नै आत्मबल हो।’ विगत १० वर्षदेखि नेपालकै पुरानो सरकारी अस्पताल वीर अस्पतालमा कार्यरत नर्स पशुपति गौतमको भनाइ हो यो।

मानव जीवनको अदृष्य दुश्मन कोरोनाले विश्व आक्रान्त बनाइरहेको छ। नेपाल पनि कोरोनाको चपेटामा परेको छ। विश्वका शक्तिशाली मुलुकलाईसमेत कोरोनाले आफ्नो चपेटामा पारेको छ। विश्वभरी कोरोना विरुद्धको लडाइँको नेतृत्व स्वास्थ्यकर्मीहरुले गरिरहेका छन्।

विश्व स्वास्थ्य संगठनले कोरोनासँग लड्ने सबै भन्दा अग्रपंतिका सिपाहीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री अनिवार्य भनेको छ। तर, पशुपतिको कुराले नेपालमा अग्रपंतिका सिपाहीहरुलाई कोरोनासँग लडन आत्मवल बाहेको अरु कुनै हतियार छैन्।

‘प्राप्त पीपीई छैन्, हामीले मास्क, पञ्जा र कपडाको ‘गाउन’ को भरमा उपचार गरिरहेका छौं,’ डिसी नेपालसँग पशुपतिले भनिन्, ‘शंकास्पद केश आउँदा मात्र पीपीई प्रयोगमा ल्याउछौं। नत्र त हाम्रो पिपिइ भनेको आत्मबल नै हो।’

विश्व स्वास्थ्य संगठनले नै कोरोनाको लक्षण संक्रमण भएको दोस्रो हप्तादेखि तेस्रो हप्तासम्ममा देखिने बताएको छ। कोरोनाबाट बच्ने हालसम्मको एकमात्र उपाए सामाजिक दूरी हो। ‘सकिँदैनन् नि सामाजिक दूरी कायम गरेर कसरी उपचार गर्नु?’ उनले भनिन्, ‘लक्षण देखिएका र सम्भावित बिरामी हामीले हेर्नु पर्दैन। तैपनि डर त लाग्छ नि। थाहा हुदैन।’

मानव जीवनको अदृष्य दुश्मन कोरोनाले विश्व आक्रान्त बनाइरहेको छ। नेपाल पनि कोरोनाको चपेटामा परेको छ। विश्वका शक्तिशाली मुलुकलाईसमेत कोरोनाले आफ्नो चपेटामा पारेको छ। विश्वभरी कोरोना विरुद्धको लडाइँको नेतृत्व स्वास्थ्यकर्मीहरुले गरिरहेका छन्।

राजधानीको मुटुमा रहेको वीर अस्पतालमा पनि व्यक्तिगत सुरक्षाका समग्री प्रयाप्त नहुँदा अच्चम लाग्नु स्वभाविक थियो तर पनि मन बुझाउँदै हामी दैलेख पुग्यौं।
‘एक विमारी एक पीपीई प्रयोग गर्नु पर्ने हो नि। तर, प्राप्त छैन’, दैलखे जिल्ला अस्पतालका मेडिकल अफिसर डा. जगत थापाको पनि उस्तै गुनासो थियो। पछिल्लो समय नेपालमा कोरोनाको इपी सेन्टर बन्न लागेको दैलेखमा पनि स्वास्थ्यकर्मीको लागि आवश्यक पीपीई सेट छैन।

‘डर लाग्छ नि सर, डर किन नलाग्नु हामी पनि मान्छे नै हो। हामी त दुबै जना (श्रीमान/श्रीमती) मेडिकल लाइनमै छौं’, डा. थापाले भने, ‘ट्राभल हिस्ट्री समेत ढाँटेर आउनुहुन्छ । थाहै हुँदैन कसलाई छ कसलाई छैन। हरेक पटक पीपीई फेरेर चेकजाँच गर्नु पर्ने हो सम्भव छैन। आत्मबललाई नै पीपीई सम्झेर काम गरिरहेका छौं।’

जिल्ला अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीले पीपीई आउने क्रममै छ भन्ने आश्वासन पाएका छन्। थापाले भने, ‘अहिले त पीपीई छैन, आउँछ भन्ने छ। हामीले गर्भवती र इमरजेन्सीमा आएका बिरामीलाई नर्मल हेर्ने गरेका छौं।’ जिल्ला अस्पतालको गेटमा गरिएको सोधपुछको आधारमा कोरोना भए नभएको थाहा पाइनेगरेको छ। थापाले भने, ‘जिल्ला अस्पतालको गेटमा हामीले सबै कुरा सोधपुछ गर्छौ। उहाँको अवस्था हेरेर हामीले उपचारमा खटिनु पूर्व पिपिइको प्रयोग गर्ने बारे निर्णय लिने गरेका छौं।’

कोरोनाबाट जनता बचाउने अग्रपंतिको दोस्रो घेरामा रहेका सुरक्षा कर्मी आफै सुरक्षित नभएको अनुभव गर्छन्। नाम नबताउने शर्तमा एक जना प्रहरी निरिक्षकले भने, ‘सुरक्षाकर्मी पनि असुरक्षित छौं सर। हामीलाई पीपीई छैन। हाम्रै जनसम्पर्कबाट सहयोगमा आएका पिपिइसेटबाट काम चलाई रहेका छौं। कोठामा बस्नेलाई कोठैबाट ड्यूटीमा पठाउने गरेका छौं, ब्यारेकमा बस्ने ब्यारेकबाटै ड्यूटीमा जाने गरेका छौं।’

आत्मअनुसासन नभएसम्म कोरोनाबाट मुक्ति पाउन नसकिने उनको यकिन छ। ‘मान्छेहरुलाई सम्झाउँदा तिमी बाटोमा किन निस्केका छौ जस्तो गर्छन,’ उनले भने, ‘हामी उहाँहरुकै सुरक्षामा खटिएका हौं भन्ने उहाँहरुले बिर्सिनु हुन्छ। तपाईँ म हामी सबैले आत्म अनुसासन भयो भने मात्र यो रोगबाट मुक्ति पाउन सकिएला हैन भने गाह्रोे छ।’

‘आत्मबल नै पीपीई हो,’ उने भने, ‘ड्यूटी गइन्छ। नचाहँदा नचाहँदै मान्छेको नजिक पनि परिएको हुन्छ। कोरोनाबाट मुक्त हुने भनेनेका आत्मबल हो भन्दै चित्त बुझाइन्छ।’

स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पछि तेस्रो घेरामा रहेका छन् संचारकर्मी। संचार जगतले पनि सूचनाहरु सम्प्रेसण गर्नु पर्ने बाध्यात्मक अवस्था छ। यो बेलामा विषेस गरी फोटो पत्रकारहरुलाई गाह्रो छ।

जे सूचना छ, त्यो फोटोबाट देखाउनै पर्ने भएका कारण कोरोना महामरी मात्र नभएर जुनसुकै अवस्थामा पनि फोटो पत्रकार फिल्डमा जानु पर्ने बाध्यता रहेको देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहले बताइन्। उनले भनिन्, ‘समाचार जस्तो डेक्समै बसेर लेख्न मिल्दैन जे सूचना छ। त्यो फोटोबाटै देखाउनु पर्ने हुँदा फोटो खिच्न फिल्डमै जानु पर्छ।’

फिल्डमा जाँदा धेरै पटक डराएको उनले बताइन्। उनले भनिन्, ‘आज ७७ दिन भयो। लकडाउनको यो अवधीमा मैले आफुले आफुलाई झण्डै १० चोटी सम्झाएकी छु। आत्मबल नै सबैथोक हो भन्दै बसेकी छु।’

टेकु महाराजगञ्ज र एयरपोर्ट जाँदा धेरै डर लागेको उनको अनुभव छ। ‘दुबईबाट ल्याएका नेपाली आएका दिन विमानस्थल जाँदा, अनि एक पटक महाराजगञ्जको शिक्षण अस्पताल जाँदा र टेकु अस्पताल जाँदा धेरै डर लागेको थियो। अहिले त पिसिआर चेक गरेर नेगेटिभ आयो। ढुक्क हुने अवस्था त छैन तै पनि आफुलाई समाल्न सहयोग भएको छ।’

नेपालसमय डटकममा फोटो पत्रकारिता गर्ने दिनेश श्रेष्ठको पनि अनुभव यो भन्दा धेरे फरक पाइँदैन। सुरुसुरुमा धेरै डराएको उनको अनुभव छ। उनले भने, ‘आजभोलि त यस्तै रैछ भन्ने लाग्छ । तर, सुरु–सुरुमा त साह्रै डर लाग्थ्यो।’ आत्मबलले काम गर्न सघाउने उनको पनि अनुभव छ। ‘धेरै पटक आफूले आफूलाई मोटिभेट गर्दै हिँडियो। तर सामाजिक दूरी बनाएर बस्ने हुँदा आफ्नो तर्फबाट पूर्ण ढुक्क छौ।’

कोरोना महामारीको तेस्रो घेरासम्मका कमाण्डर र सिपाई तथा युद्धमा परेर युद्ध जितेकाहरुको अनुभवमा पनि आत्मबल नै कोरोनाको खोप नबन्दासम्मको उपचार पद्धति हो।  हालसम्म विश्वका २१५ देशमा कोरोना महामारी छ। २१५ देहरुले कोरोनाका विरुद्ध स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई नै अग्रपंतिमा सारेका छ। मानव जगतको सुरक्षाको लागि विश्वभरी नै यो तीन अंगले विषेश भूमिका खेलेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो