लकडाउनपछि एकैपटक १० हजार बढेको सुनको भाउ, आजपनि बढ्यो

डिसी नेपाल
२६ जेठ २०७७ ११:०८

काठमाडौँ । लकडाउनपछि एकैपटक आइतबार तोलाको १० हजार रुपैयाँ बढेको सुनको भाउ आज पनि उकालो लागेको छ ।

आज (सोमबार) छापावाल सुन प्रतितोला ८७ हजार ५ सय तथा तेजावी सुन प्रतितोला ८७ हजार ६५ रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबारको तुलनामा सोमबार सुन १ सय रुपैयाँले बढेको हो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला ९३० रुपैयाँ रहेको छ ।

नेपालमा लकडाउनसँगै बन्द भएको सुनचाँदीको कारोबार आइतबारदेखि आंशिक सुरु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *