आगामी वर्ष मेलम्चीको पानी वितरण गरेर सबै प्रश्नको उत्तर दिन्छु : खानेपानीमन्त्री मगर

डिसी नेपाल
२६ जेठ २०७७ १६:२१

काठमाडौं । खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने प्रतिवद्धता जनाएकी छिन् ।

संघीय संसदको व्यवस्थापिका संसदमा विनियोजन विद्ययेकमाथिको छलफलमा जवाफ दिदै उनले मेलम्ची आयोजनाको अधिकांश काम किसकेको र आगामी आर्थिक वर्षभित्रै धारामा पानी आउने दावी गरिन्।

‘मेलम्ची आयोजनामाथि वर्षौंदेखि प्रश्न उठ्दै आएको छ’ मन्त्री मगरले भनिन्, ‘आगामी वर्ष मेलम्चीको पानी वितरण गरेर सबै प्रश्नको उत्तर दिन्छु ।’

देशभरका विभिन्न ठाउँमा खानेपानीको अभाव हटाउन मन्त्रालय योजनाका साथ अघि बढेको दावी गर्दै मन्त्री मगले आगामी आर्थिक वर्षमा ९४ प्रतिशत जनतामा आधारभूत खानेपानीको पहुँच पु¥याउने पनि दावी गरिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *